साना किसान लघुवित्त र आरएमडिसी गाभिने

Read Time = 2 mins

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था र आरएमडिसी लघुवित्त वित्तीय संस्था गाभिने भएका छन् । नेपालका प्रतिष्ठित एवं प्रमुख दुई थोक कर्जा प्रदायक लघुवित्त संस्था गाभिएर साना किसान आरएमडिसी लघुवित्त वित्तीय संस्थाको नामबाट सञ्चालन हुने गरी दुवै कम्पनीबीच सम्झौता भएको छ ।

अर्थ मन्त्रालयका वित्त सल्लाहकार डा. शालिकराम पोखरेलको उपस्थितिमा शुक्रबार साना किसान विकास लघुवित्त वित्तीय संस्थाका अध्यक्ष खेमबहादुर पाठक र मर्जर उपसमितिका संयोजक उमेश लम्साल तथा आरएमडिसी लघुवित्त वित्तीय संस्थाका अध्यक्ष सुजाता जोशी र संयुक्त मर्जर समितिका संयोजक भिमप्रसाद तिम्सिनाले उक्त सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।

आरएमडिसी लघुवित्तको सय सेयरलाई मर्जरपछि ८७ सेयर (१००ः८७) कायम हुने गरी सेयर आदानप्रदान अनुपात (स्वाप रेसियो) कायम गर्ने सहमति भएको छ । मर्जरपछि बन्ने संयुक्त लघुवित्त वित्तीय संस्थाको पुँजी कोष सात अर्बभन्दा बढी हुनेछ भने लगानीमा रहेको कर्जा करिब ४३ अर्ब पुग्नेछ । मर्जरपछि हुने अन्तरिम सञ्चालक समितिमा खेमबहादुर पाठक अध्यक्ष, डा. शिवरामप्रसाद कोइराला प्रमुख कार्यकारी अधिकृत र ज्योतिचन्द्र ओझा प्रमुख कार्यकारी पदमा रहने सहमति भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?