भिभोका दुई नयाँ मोबाइल

Read Time = 2 mins

काठमाडौं । भिभोले वाई सिरिजका दुई नयाँ स्मार्टफोन वाई ३५ र वाई २२ सार्वजनिक गरेको छ । नयाँ स्मार्टफोन सार्वजनिक गर्दै भिभो नेपालका प्रमुख कार्यकारी अधिकृत माइकलले भन्नुभयो, ‘हाम्रो प्रसिद्ध वाई सिरिजसाथ भिभोले नेपाली युवाको आवश्यकता निरन्तर पूरा गर्दै आएको छ । यसको उत्कृष्ट विशेषता र उचित मूल्य निर्धारणका कारण प्रयोगकर्ताले वाई शृंखलालाई मन पराएका छन् ।

भिभो वाई ३५ र वाई २२ मा उत्कृष्ट र आकर्षक प्रविधि समावेश छन् । यसले विशाल ब्याट्री, स्टाइलिस डिजाइन, अद्भूत क्यामेरा र थप विशेषतासाथ असाधारण अनुभव प्रदान गर्छ ।’ विस्तारित र्‍याम ३.० अर्थात् आठ जिबी र्‍याममा थप आठ जिबीसम्म एक्सटेन्ड गर्न मिल्ने सुविधा रहेको छ भने ५० एमपी ट्रिपल रियर क्यामेरा रहेको छ । वाई ३५ अर्थात् आठ जिबी प्लस एक सय २८ जिबीको मूल्य ३० हजार नौ सय ९९ र चार जिबी र्‍याम र ६४ जिबी रोम भएको वाई २२ को मूल्य २२ हजार नौ सय ९९ रुपैयाँ रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?