कपनमा नेक्स्ट स्मार्ट सपिङ

Read Time = 2 mins

काठमाडौं । नेक्स्ट स्मार्ट सपिङ कम्पनीले पहिलो शाखा कपनमा स्थापना गरेको छ । कम्पनीले बुढानीलकण्ठ नगरपालिका-८ कपन सुन्दर बस्तीमा शनिबार शाखा उद्घाटन गरेको हो । चारजनाको साझेदारीमा सपिङ स्थापना गरिएको नेक्स्ट स्मार्ट सपिङका प्रमुख कार्यकारी अधिकृत राजभाइ श्रेष्ठले बताउनुभयो । श्रेष्ठका अनुसार संरचनासहित पाँच करोड लगानीमा शाखा सञ्चालनमा आएको हो ।

अष्ट्रेलियाको कोल्स र जापानको ताकाशिमाया सपिङ सेन्टरको अवधारणालाई मिसाउँदै नेपालमा पहिलोपटक नेक्स्ट स्मार्ट सपिङ सुरु गरिएको उहाँको दाबी छ ।

सपिङ सेन्टरमा किनमेल गर्दा विदेशका सपिङ सेन्टर जस्तो अनुभूति ग्राहकले पाउनेछन् । स्मार्ट सपिङमा ४० वटा गाडी र ४० वटा मोटरसाइकल पनि पार्किङ गर्न मिल्छ । सपिङ सेन्टरमा विद्युतीय गाडी चार्जिङ स्टेशन पनि जडान हुने बताइएको छ । सपिङ सेन्टरमा घरका लागि आवश्यक खाद्य र अन्य सम्पूर्ण (ग्रोसरी) सामान उपलब्ध हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?