खल्तीलाई विस्टा अवार्ड

Read Time = 2 mins

काठमाडौं । खल्ती डिजिटल वालेटले ‘विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड’ प्राप्त गरेको छ । खल्ती डिजिटल वालेट विस्टा ग्लोबल इन्नोभेसन एण्ड टेक एक्सलेन्स अवार्ड नेपालबाट क्यान महासंघलगायत विश्वका विभिन्न ८० देशका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी संस्था सदस्य रहेको विट्साले मलेसियाको पेनाङमा जारी वल्र्ड कंग्रेस अन इन्नोभेसन एण्ड टेक्नोलोजी २०२२ को दोस्रो दिन खल्तीलाई पुरस्कृत गरेको हो ।

विगत २२ वर्षदेखि प्रत्येक वर्ष प्रदान गर्दै आएको ग्लोबल आइसिटी एक्सलेन्स अवार्डका निम्ति विट्साले आफ्नो प्रतिनिधित्व रहेका ८० देशमा रहेका सदस्य संस्थामार्फत् नामांकन आहृवान गरेको थियो ।

पुरस्कारका लागि विभिन्न १४ विधामा नामांकनका निम्ति आहृवान गरेकोमा नेपालबाट क्यान महासंघमा प्राप्त विभिन्न नामांकनमध्ये तीन विधाका लागि सूचना तथा सञ्चार प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरेका विभिन्न पाँच कम्पनी छनोट गरी पठाइएको थियो । जसमध्ये खल्ती डिजिटल वालेट विश्वभरवाट प्राप्त सयौं नामांकनमध्येबाट पुरस्कृत भएको क्यान महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?