एभरेष्ट र एनबिआईबीच सम्झौता

Read Time = 1 min

काठमाडौं । एभरेष्ट बैंक र नेशनल बैंकिङ इन्ष्टिच्युट (एनबिआई) बीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौताअनुसार एनबिआईले एभरेष्ट बैंकका कर्मचारीको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउनेछ ।

पञ्जाब नेशनल बैंक भारतसँग संयुक्त साझेदार रहेको बैंकमा हालसम्म करिब १२ लाख सन्तुष्ट ग्राहक रहेका छन् भने देशैभरि छरिएर रहेका एक सय १९ शाखा सञ्जाल, चार एक्सटेन्सन काउण्टर, प्रादेशिक कार्यालयहरू, एक सय ५५ एटिएम र ३१ राजस्व संकलन केन्द्रबाट सेवा प्रदान गर्दै आएको बैंकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?