काठमाडौं । एनसेल आजियाटा लिमिटेडले आठौं संविधान दिवसका अवसरमा आइतबारदेखि नयाँ दुई विशेष अफर सञ्चालनमा ल्याउने भएको छ । अफरअन्तर्गत ग्राहकले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको फाइदा लिन सक्ने कम्पनीले जनाएको छ । प्याकहरू आइतबारदेखि तीन दिनमात्र अर्थात् मंगलबारमात्र रहने बताइएको छ ।
असोज ३ गते आठौं संविधान दिवस मनाइँदैछ । कम्पनीका अनुसार ग्राहकले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रुपैयाँमा खरिद गर्न सक्नेछन् भने प्याक सुचारु गरेपछि एक दिन अर्थात् २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन सक्नेछन् । एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरमा अफर अवधिभर अझ सुलभदरमा कल गर्न र एसएमएस पठाउन ९५ रुपैयाँमा दुई सय मिनेट अल नेट टक टाइम र दुई सयवटै एसएमएस बन्डल भएको प्याक लिन सकिनेछ । उक्त प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि तीन दिनको हुनेछ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका