समानुपातिक सूची तयार गर्न माओवादी केन्द्रको बैठक बस्दै

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा माओवादी केन्द्रले समानुपातिक सूची तयार गर्न पदाधिकारी बैठक बोलाएको छ ।

बैठक अहिले बिहान ८ बजे बस्ने गरि पार्टी कार्यालय पेरिसडाँडामा बोलाइए पनि अहिलेसम्म शुरु भएको छैन ।

यसअघि सबै प्रदेशले प्रदेश र प्रतिनिधि सभा सदस्यको समानुपातिक सूची सिफारिस गरेर पठाइसकेको छ । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि समानुपातिक उम्मेदवारहरूको बन्दसूची पेस गर्न असोज २ र ३ गतेको समय दिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?