सिटी शीर्ष स्थानमा उक्लियो

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । १० खेलाडीमा सीमित उल्भ्सलाई ३-० ले पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिगमा शनिबार राति जित निकाल्दै शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जितमा ज्याक ग्रिलिस, एर्लिङ हालान्ड र फिल फोडेनले एक एक गोल गरे ।

खेलको पहिलो मिनेटमै केभिन डि ब्रुयनाको पासमा ग्रिलिसले सिटीलाई अग्रता दिलाएका थिए । १६औं मिनेटमा एर्लिङ हालान्डले गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । उल्भ्सका नाथन कोलिन्सले ३३औं मिनेटमा रातो कार्डको दर्शन गरेपछि घरेलु टिम १० खेलाडीमा सीमित बनेको थियो ।

६९औं मिनेटमा फिल फोडेनले सिटीका लागि तेस्रो गोल गरे । फोडेनलाई पनि डी ब्रुयनाले नै पास उपलब्ध गराएका थिए ।

जितसँगै सात खेलबाट १७ अंक जोडेको सिटी शीर्ष स्थानमा उक्लिएको छ । यस्तै, समान खेलबाट ६ अंक जोडेको उल्भ्स १६औं स्थानमा छ ।प्रिमियर लिगअन्तर्गत आजै भएका अन्य खेलहरुमा एस्टोन भिल्लाले साउथह्याम्पटनलाई १-० ले, फुलहमले नटिङघम फरेस्टलाई ३-२ ले पराजित गर्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?