रत्नलक्ष्मी श्रेष्ठका कृतिहरू ‘चिन्ता र चासो’ र ‘स्वाभिमानको तस्बिर’ लोकार्पण

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । आफ्नो स्वर्ण महोत्सव मनाइरहेको साहित्यिक पत्रकार संघले शनिबार प्रज्ञा भवन, कमलादी, काठमाडौंमा आयोजना गरेको कार्यक्रममा लेखक रत्नलक्ष्मी श्रेष्ठका कृतिहरू ‘चिन्ता र चासो’ लेखसंग्रह र ‘स्वाभिमानको तस्बिर’ कवितासंग्रहको लोकार्पण सम्पन्न गरेको छ । साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको अध्यक्षता आयोजित सो लोकार्पण नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरेले गर्नुभएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति वरिष्ठ कवि डा. विष्णुविभू घिमिरे, साहित्यिक पत्रकार संघका अध्यक्ष साहित्यकार राधेश्याम लेकाली, लेखक रत्नलक्ष्मी श्रेष्ठ, वरिष्ठ इतिहासविद् एवं राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र के. सी., वरिष्ठ साहित्यकार प्रमोद प्रधान, अनेसासका पूर्व उपाध्यक्ष वरिष्ठ साहित्यकार प्राज्ञ बाबा बस्नेत, लोकार्पित दुबै कृतिका सम्पादक डा. मधुसूदन लामिछाने, पूर्व एआइजी परराष्ट्रविद् विज्ञ राजेश श्रेष्ठ, पर्सा मिलन केन्द्रका अध्यक्ष इञ्जिनियर उमेश गुप्ता रौनियारलगायतले लोकार्पित दुबै कृति र लेखक रत्नलक्ष्मी श्रेष्ठका बारे आ(आफ्नो मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रमको सञ्चालन साहित्यकार मन्जिला अनिलले गर्नुभएको थियो । कार्यक्रममा लेखक श्रेष्ठलाई साहित्यिक पत्रकार संघको तर्फबाट सम्मान पनि गरिएको थियो ।

कार्यक्रममा गुन्जनकी निवर्तमान अध्यक्ष वरिष्ठ साहित्यकार हिरण्यकुमारी पाठक, पर्सा नगरपालिकाका पूर्व उपमेयर श्याम श्रेष्ठ, हामी सक्छौकी लक्ष्मी श्रेष्ठ, वरिष्ठ निबन्धकार युवराज नयाँघरे, साहित्यकारहरू जयदेव भट्टराई, शिव अधिकारी, विजयध्वज थापा, डा. शान्ति गिरी, निर्मलरमण पराजुली, दिनदयाल रिजाल, किशोर श्रेष्ठ, राधा दुलाल कार्की, पुरु लम्साल, डी. आर. राई, बिना पोखरेल, उषा के. सी. लगायतको उपस्थिति थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?