राष्ट्रिय आयको प्रमुख स्रोत कृषि उत्पादन

Read Time = 15 mins

✍️ स्वयम्भुनाथ कार्की

अरू सबै किसिमको उत्पादन प्रणाली र कृषि उत्पादन प्रणालीमा तात्विक भिन्नता छ । कृषि कर्ममा वर्षभरि एकनासको काम हुँदैन । जति खेर मन लाग्यो त्यतिखेर मिहिनेत गरेर उत्पादन हुँदैन । धेरै जग्गामा मौसमको दयामा खेती हुने भएकाले यो महिनामा यो काम गर्नुपर्छ भन्ने थाहा भए पनि कुन–कुन दिन काम गर्नुपर्छ भन्ने पहिलेदेखि निश्चित हुँदैन । सिञ्चित जग्गामा पनि बाहिर खुलामा काम गनुपर्ने हुँदा मौसमको अनुकूलता र प्रतिकूलताले काम गर्ने कार्य तालिकामा तुरन्तै परिवर्तन गर्नुपर्ने हुन्छ । समयमा काम पूरा गर्नुपर्ने हु“दा कुनै दिन अतिरिक्त समय काम गर्नुपर्छ र कुनै दिन गर्नुपर्ने काम हुँदाहुँदै विश्राम गर्नुपर्ने अवस्था पनि हुन्छ ।

हिजो शून्य श्रम र आज अधिकतम श्रम चाहिने खेतीको यो विषम कार्य प्रणालीमा उत्पादन बढाउन अन्य उत्पादनमा जस्तो स्थायी कामदार मात्रले सम्भव हुँदैन । ज्यालादारी वा श्रम सापटी गरेर कामदारको आवश्यकता पूरा गर्नुपर्ने हुन्छ । यसै कारणले पारम्पारिक पद्धतिमा पर्म लगाउने र पर्म उठाउने चलन थियो । सबै मिलेर एउटाको खेतीमा श्रम गर्ने त्यसपछि अर्काको खेतीमा श्रम गर्ने यसै गरेर सबैको खेतीमा सबैले काम गर्ने चलन पर्म पद्धति हो । तर, कृषि कर्मले आवश्यकता पूरा गर्न नसकेका कारणले किसान अन्यत्र पलायन भएको गाउँमा पर्मले सबैको खेतीको काम सक्न सम्भव नहुने अवस्था भयो ।

सबैभन्दा पुरानो जग्गाधनी (तल्सिङ) र मोहीबीचको सम्बन्ध श्रम र सम्पत्तिले गर्ने उत्पादनमा बराबरीको हिस्सेदारी हो । यो चलनलाई अधियाँ बटियाँ भन्ने गरिन्छ । यो चलनमा खेतीमा लाग्ने श्रम मोहीले गर्छ वा जुटाउँछ । जग्गाधनीले जग्गा उपलब्ध गराउँछ ।

खेतीमा केही दिनमात्र काम गरेर वर्षको अधिकतम दिन फुर्सदिलो भएर बस्नुपर्ने हुन्छ । त्यो वर्षको कुन–कुन दिन मरीमरी काम गर्नुपर्ने हो र कुन–कुन दिन हात बाँधेर बस्नुपर्ने हो पहिल्यै थाहा हुँदैन । त्यसमाथि कृषि उत्पादन मात्र यस्तो उत्पादन हो जसको मूल्य उत्पादकले निर्धारण गर्दैन । त्यसै यो पेशाले धन सञ्चय गर्न अत्यन्त कठिन छ । जग्गा जमिन नै राजनीतिक दाउपेचको सबैभन्दा पहिलो निसाना बन्छ । त्यसैले धन सञ्चयको त कुरा टाढैको भयो निर्वाह कठिन हुँदै गएको छ ।

कृषिलाई यान्त्रिकीकरण गर्न सानो क्षेत्रफलको भूस्वमित्वले खर्च उठाउँदैन । यसै कारणले खेतीको बेला बिदा लिएर खेती गरौँला अरू खाली बस्ने दिन अन्य ठाउँमा श्रम गरौँ भन्ने सोचाइले किसान जमिन छोडेर अन्य स्थानमा जान बाध्य हुन्छ, अरू नोकरी गर्न बाध्य हुन्छ । अन्य नोकरी सुरु गरेपछि सधैँ खेतीको बेला खेतीको निमित्त समय निकाल्न अनुकूल पर्दैन । यसको फलस्वरूप आफ्नो जमिन अर्कालाई खेतीको निमित्त दिन बाध्य हुन्छ । यसरी जग्गा धनी र मोहीको उत्पत्ति हुन्छ । सबै जग्गाधनीले आफ्नो आवश्यकताभन्दा धेरै जमिन भएरमात्र जग्गा अरूलाई कमाउन दिएका हुँदैनन्, निर्वाह गर्न अपुग भएर पनि अरूलाई कमाउन दिएका हुन्छन् ।

सबैभन्दा पुरानो जग्गाधनी (तल्सिङ) र मोहीबीचको सम्बन्ध श्रम र सम्पत्तिले गर्ने उत्पादनमा बराबरीको हिस्सेदारी हो । यो चलनलाई अधियाँ बटियाँ भन्ने गरिन्छ । यो चलनमा खेतीमा लाग्ने श्रम मोहीले गर्छ वा जुटाउँछ । जग्गाधनीले जग्गा उपलब्ध गराउँछ, जग्गाको सुधार र विकासको खर्च जग्गाधनीले गर्छ । बिउ जसले पनि उपलब्ध गराउन सक्छ, कोही तेस्रोले पनि उपलब्ध गराउन सक्छ । जसले बिउ उपलब्ध गराउँछ उसले फलेपछि दिएको बिउको दुई गुणा पहिले असुल गर्छ । कृषिकर्ममा लाग्ने हलो तथा अन्य ज्यावल र श्रमको जिम्मा मोहीको हुन्छ । बाली उठाउने कामको मजदुरी, बिउको भाग छुट्याएर बाँकीलाई बराबर दुई भाग लगाई एक भाग मोहीको र अर्को भाग जग्गाधनीको हुन्छ । मजदुरीलाई बनीबुटी, जग्गाधनीको भागलाई धनीबुटी भन्ने गरिन्छ ।

पारम्परिक खेती अर्थात् अहिलेको भाषामा ‘अग्र्यानिक खेती’बाहेक उन्नत खेती गर्नु पर्दाको रासायनिक मल, सिँचाइको अतिरिक्त खर्च जग्गाधनी र मोहीले बराबरी गर्दछन् । पारम्परिक अर्थात ‘अग्र्यानिक खेती’ मा लाग्ने सामूहिक कुलो पैनी आदिको प्रबन्धको खर्च मालपोत, पानीपोत जग्गाधनीको एकलौटी खर्चभार हो । जमिनमा ठूलो सुधारको निमित्त गर्नुपर्ने खर्चको भार पनि जग्गाधनीकै थाप्लोमा पर्छ । यसरी अधियाँको चलनमा खेतीको प्रबन्धनको भार जग्गाधनीले लिएको हुन्छ र श्रमको भार मोहीले लिएको हुन्छ । गोठको वा घरको मल जग्गासम्म पु¥याउने काम मोहीको हो । निःशुल्क उत्पादन हुने फोहोरबाट तयार गोठको वा घरको मल जग्गाधनी वा मोही जसकोमा भए पनि निःशुल्क नै उपलब्ध हुने गर्छ ।

पञ्चायती भूमिसुधारले बालीलाई मुख्यबाली मात्रको जग्गाको किसिम अनुसार ठेक्का तोकिदियो । जग्गाधनीले लिने हिस्सा, जसलाई कूत भनिन्छ, बापत जग्गाधनीले मालपोतमात्र बुझाए पुग्ने भयो । जग्गाको स्वामित्वबाहेक अन्य कुनै जिम्मेवारी र अधिकार जग्गधनीलाई भएन । उब्जनी बढाउन जग्गाधनीलाई कुनै रुचि रहने अवस्था रहेन । यस अवस्थाले जग्गाको उब्जनी बढाउन जग्गाधनीलाई बाधा गर्‍यो भने मोहीलाई जग्गाको दीर्घकालीन सुधार नगरी असन्तुलित तरिकाले रासायनिक मल, किटनासक र झारपातनासकको प्रयोग बढाएर तुरुन्त लाभ लिन प्रेरित ग¥यो । यसले जग्गाको प्राकृतिक उर्वरापनमा कमी आएर उब्जनीमा कमी हुने परिस्थिति पैदा भयो ।

रासायनिक मल, किटनासक, झारनासक आदिको प्रयोगले जग्गाको उत्पादकत्व समाप्त भयो । जति रासायनिक मल दबाइ प्रयोग गर्‍यो त्यही अनुपातमा उत्पादन बढ्ने नत्र उत्पादन बिल्कुलै नहुने अवस्थामा नेपालको धेरै कृषियोग्य मानिएका भूमि छन् । मोहीको रोजगार ग्यारेन्टीको रूपमा स्थापित मोहियानी हकले गर्दा लापरबाहीले खेती गर्नेलाई पनि जग्गाधनीले अह्राउन खटाउन पाएन । ट्याक्टर, थ्रेसर जस्ता आधुनिक कृषिका औजारहरूमा लगानी गर्न जग्गाधनीलाई रुचि भएन, मोहीको सामथ्र्य भएन । अपवादबाहेक मोहीहरू आधुनिक कृषि प्रणालीको जानकारीबाट टाढा भए । सुटबुटधारी कृषि प्राविधिक र गैरसरकारी संस्थाका प्रतिनिधिका छोटा प्रशिक्षण कार्यक्रमले आधुनिक कृषि कर्मको टुटफुट ज्ञान दियो ।

यसले राष्ट्रिय उत्पादनमा आएको ह्रासतर्फ कसैको ध्यान गएन । आफ्नो मोहियानी हक भएको जमिन अर्कालाई अधियाँ बटियाँ कमाउन दिएर कूत बुझाउने प्रचलन पनि प्रयाप्त देखा पर्‍यो । जमिनमा दोहोरो स्वमित्वको यो त्रासदीले कुनैबेला धान, पाटजस्ता उत्पादन निर्यात गर्ने मुलुक वर्तमानमा निर्यातको कुरा त एकातर्फ आन्तरिक खपतको निमित्त पनि अपुग भएर प्रायः सबै कृषि उत्पादको आयात गर्न बाध्य भएको छ । तैपनि अभैm कृषि उत्पादनले राष्ट्रिय आयमा आनको तान फरक पर्ने गरेर असर राख्छ । कुनै वर्ष कृषि उत्पादन बढेमा मुलुकका अर्थमन्त्री वृद्धिदर बढेकोमा आफ्नो पिठ्युण्मा आफैँ धाप मार्छन् ।

यो कृषि उत्पादन बढ्नुमा सरकारको कुनै भूमिका हुन छोडेको दशकौं हुन थालेको छ । हो, बरू व्यवधान भने कैयौं गुणा थप्नमा सरकार दत्तचित्त भएर लागेको छ । अर्थात यदि कुनै वर्ष कृषि उत्पादन बढ्छ भने त्यसमा सबैभन्दा धेरै योगदान मौसमको हुन्छ । त्यसपछि सरकारले लगाएका नियमबाट छिद्र खोजेर बल्लबल्ल बाँचेको कृषकको मिहिनेतको हो । नत्र त खेतीमा छर्न ठीक पारेको मल, बिउ अवैधानिक भनेर खोस्न तयार राजनीतिक संगठनका भातृ या भगिनी युवा संघहरू छ्यापछ्याप्ती छन् । चल्ला र कुखुरा ओसारपसारमा च्या“खे थापेर बस्ने संगठनको कमी छैन ।

औधोगिकीकरणको नाममा विशाल पुँजीका कारखानाले घरेलु उद्योगको सम्भावना न्यून गरेका छन् भने भूमिको खण्डीकरण र जग्गाधनी र मोहीको झमेलाले कृषिलाई पेट पाल्न नसक्ने अवस्थामा मध्यम वर्गलाई पारिने क्रम सुरु भइसकेको छ । भविष्यमा पर्नसक्ने अर्पझटको निमित्त धन सञ्चय गर्न शेयरमा लगानी वा बैंकमा निक्षेप गर्नबाहेक अर्को उपाय छैन । यसरी संकलन भएको निक्षेपको मात्रा उत्पादनशील लगानी गर्ने अवसर कम भएर बैंकहरूले घर बनाउने, मोटरसाइकल, कार खरिद गर्ने वा टिभी, फ्रिजजस्ता वस्तु खरिद गर्ने काममा लगानी गर्दैछन् । यो यति उर्बर भएको छ कि कुनै पनि बजारमा एकै घरमा चार-पाँचवटा बैंक देख्नु सामान्य भएको छ ।

उत्पादनशील क्षेत्रमा लगानी नगरेर यस्ता लगानी धेरै गर्दा हुनसक्ने आर्थिक मन्दीको खतराबाट मुलुक कहिलेसम्म बच्न सक्ला भन्ने प्रश्नले पिरोल्न सुरु गरेको अहिलेसम्म छैन । कृषिलाई लगानी गर्न उपयुक्त क्षेत्र कुनै पनि बैंकले मानेको छैन ।

उत्पादनशील क्षेत्रमा लगानी नगरेर यस्ता लगानी धेरै गर्दा हुनसक्ने आर्थिक मन्दीको खतराबाट मुलुक कहिलेसम्म बच्न सक्ला भन्ने प्रश्नले पिरोल्न सुरु गरेको अहिलेसम्म छैन । कृषिलाई लगानी गर्न उपयुक्त क्षेत्र कुनै बैंकले मानेको छैन । यहाँतक कि कृषिमै कारोबार गर्न भनेर स्थापित कृषि बंैकको वर्तमान लगानीलाई उद्देश्यगत भाग लगाएर हेर्ने हो भने कृषि सम्बन्धित लगानी र अन्य लगानीको अनुपातले अचम्म पार्ने छ । कृषि र कृषकलाई यसरी मूलधारबाट कटाउनभन्दा जग्गा, पशुधन तथा साना कृषि उद्योगमा आफ्नो संकलन लगानी गर्ने वातावरण पैदा गरेमा यसबाट पैदा हुने आर्थिक गतिविधिले सर्वहारा र पुँजीपतिलाई भलो नै गर्नेछ ।

तर, यस्ता कुराले तत्काल मतदाता आकर्षण नगर्ने भएकाले भूमि हदबन्दी, बाँझोलाई जरिवाना आदिमै राजनीतिकर्मीको ध्यान जान्छ । वर्तमानमा कृषिमा अडेर बसेका भनेका अपवादबाहेक मध्यम वर्ग हुन् । यो वर्ग नै अर्थतन्त्रको मेरुदण्ड हो किनभने सर्वहाराले पुँजीपतिको कारखानामा काम गरेर पैदा गरेको उत्पादनको उपभोक्ता मध्यमवर्ग नै हो । मध्यमवर्गको क्रयशक्तिमै पुँजीपति र सर्वहारा दुवैको अस्तित्व सम्भव छ । तैपनि थिचोमिचो अनि कानुन नै बनाएर गरिने अत्याचारको निसाना यही वर्ग नै छ ।

मजदुरको नाममा राजनीति चम्काउन मिल्छ, पुँजीपति त तारणहार नै भइहाले, नत्र विश्वको धनीको सूचीमा परेका वामपन्थी दलको मनोनयनमा सभासद, सांसद हुने थिएनन् । सबैको अपराधको दण्ड भने किसानलाई छ । आफ्नो काबुबाहिरको अवस्थामा खेती गर्न नसक्नुको मार त छँदैछ तर त्यो दुर्भाग्यको सजाय बाँझो राखेकामा जरिवाना हुने त छँदैछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?