हेलम्बुको खोलामा बेपत्ता भएका शिक्षककोे हेलिकोप्टरबाट जीवितै उद्धार

हिमालय टाइम्स
Read Time = 2 mins

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका- १ को खोलामा चिप्लिएर बेपत्ता भएका शिक्षक केशव शिवाकोटीलाई आइतबार जीवितै उद्धार गरिएको छ ।

दोलखाको कालिन्चोक-३ स्थायी घर भएका ३७ वर्षका शिवाकोटीलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिनुभयाे ।

डीएसपी बुढाथोकीका अनुसार शिक्षक शिवाकोटी हेलम्बु-१ मा रहेको ठाडो खोलाको खोँचमा अड्किएको अवस्थामा फेला परेको र उहाँको उद्धारको भएको हो । शिवाकोटीको स्वास्थ्य अवस्था सामान्य रहेको र केहीबेरमा उहाँलाई काठमाडौ‌ लगिने तयारी भइरहेको छ ।

शनिबार नुहाएर फर्कने क्रममा अचानक शिवाकोटी चिप्लिएर खोलामा डुब्दा बेपत्ता हुनुभएकाे थियाे । उहाँ सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-१ सर्कथली आधारभूत विद्यालयका शिक्षक हुनुहुन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?