धनुषामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-१ रमदैयामा शनिबार मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।

जनकपुरबाट महेन्द्रनगर आउँदै गरेको प्रदेश २ ०२ ००३ प ५८०१ नम्बरको मोटरसाइकल गएराती पौने १० बजे पल्टिएको थियो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक अन्दाजी ३० वर्षिय पुरुषलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर पुर्‍याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगर धनुषाले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?