राष्ट्रिय मानवअधिकार आयोगको टोली पुग्यो प्रधानन्यायाधीशको निवासमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगको एक टोली अहिले बालुवाटारस्थित प्रधानन्यायाधीश चोलेन्द्र सम्सेर जबराको निवासमा पुगेको छ ।

जबराले आफूलाई सरकारले ‘नजरबन्द’मा राखी बाहिर निस्कन नदिएको प्रतिक्रिया दिएपछि मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो ।

‘प्रधानन्यायाधीशलाई घरबाट बाहिर निस्किन दिइएन भन्ने कुरा आयो, त्यसैले के भएको रहेछ भनेर बुझ्न हाम्रो टोली उहाँको निवासमा गएको हो,’ राष्ट्रिय मानवअधिकार आयोगका प्रवक्ता डा.टिकाराम पोखरेलले भन्नुभयो ।

संसदमा महाअभियोग प्रस्ताव दर्ता भएपछि जबरा निलम्बनमा पर्नुभएको थियो । गएराति १२ बजेबाट सांसदको कार्यकाल सकिएपछि महाअभियोग निस्क्रिय भएको जनाउँदै उहाँले आजबाट काममा फर्कने तयारी गर्नुभएको थियो।

तर सरकारले भने उहाँलाई काममा फर्किन नदिन ठूलो संख्यामा सुरक्षा कर्मी उहाँको निवासमा खटाएको छ र उहाँलाई घरबाट बाहिर निस्कन दिएको छैन । यसैबीच राष्ट्रिय मानवअधिकार आयोगको टोली उहाँको निवासमा पुगेको हो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?