गायक मुरलीधर राप्रपामा

Read Time = 2 mins

काठमाडौं । गायक मुरलीधर राप्रपामा प्रवेश गर्नु भएकाे छ । राप्रपा पार्टी कार्यालय धुम्बाराहीमा आइतबार आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले उहाँलाई पार्टीमा स्वागत गर्नुभएकाे प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिनुभयो।

मुरलीधर सिरहाको क्षेत्र नं २ वा क्षेत्र नं ४ मा राप्रपाबाट प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने हुनु भएको छ ।

अध्यक्ष लिङ्देनले मुरलीधरजस्तो लोकप्रिय गायकलाई राप्रपामा स्वागत गर्दा आफू उत्साहित भएको र प्रत्यक्ष निर्वाचनको उमेदवार बन्ने चाहनाको सम्मानका लागि पार्टीले अवसर दिने बताउनु भयो ।

उडायो सपना सबै हुरीले, निष्ठुरीले माया गरी आफैंलाई रोगी बनायो, पहाडको पल्लो डाडामा छ सानो गाउँ जस्ता दर्जनौं चर्चित गीतमा स्वर भर्नुभएकाे मुरलीधर राप्रपामा प्रवेश गर्नुभएको हो । उदितनारायण झासँग संयुक्त आवाजमा मुरलीधरले आमैले भन्थे धाराको पानीजस्ता लोकलयमा आधारित गीत गाउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?