भोजपुरमा आत्महत्याका घटना बढ्दै, न्यूनीकरणका लागि प्रहरीको सचेतना अभियान

Read Time = 4 mins

भोजपुर । प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा पनि आत्महत्याको घटना बर्षेनी बढने गरेको तथ्यांकले देखाएको छ । नेपाल प्रहरी कार्ययोजना अनुसार २०७९ अन्तर्गत आइतवारबाट सुरु भएको आत्महत्या न्युनीकरण कार्यक्रम अनुसार जिल्ला प्रहरी कार्यालय भोजपुरले सुरु गरेको सचेतना अभियानका क्रममा भोजपुरमा पनि आत्महत्याको घटनामा कमी नआएको जानकारी गराइएको हो ।

आत्महत्याका घटनाहरुलाई निरुत्साहित गर्ने उद्धेश्यका साथ जिल्ला प्रहरी कार्यालय भोजपुरले सचेतना अभियान सुरु गरेको छ । यो कार्यक्रम आइतवारबाट मुलुकभर एकै साथ सुरु भएको हो । आत्महत्या न्युनीकरणका लागि प्रहरीले जिल्ला सदरमुकाममा बिद्यार्थी र सरोकारवाला निकायहरु सहित करिव ९ सयको सहभागितामा कार्यक्रम गरेको छ ।

जिल्ला प्रहरी कार्याय भोजपुरका सुचना अधिकारी प्रहरी निरीक्षक नितेश कुमार सिंहले भोजपुरमा आत्महत्याका घटनाहरुको बिवरण सार्वजनिक गर्दै नयाँ आर्थिक बर्ष २०६९/०८० मा समेत ८ वटा आत्महत्याका घटनाहरु भई सकेको जानकारी दिनु भयो । यसै आर्थिक वर्ष ०७६/०७७ मा ४३ जना, ०७७/०७८ मा ५१ जना र ०७८/०७९ मा पनि ५१ वटा आत्महत्याका घटनाहरु भएको जानकारी दिनुभयो ।

देशभर बढ्दो आत्महत्या दरलाई न्यूनीकरण गर्न आम नागरिकलाई सुसूचित गराउने उद्देश्यले सरोकारवाला निकायहरूको बृहत सहभागितामा विश्व आत्महत्या रोकथाम दिवसको अवसरमा पारेर देशव्यापीरुपमा सचेतना कार्यक्रम सुरु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी शरत कुमार थापा क्षेत्रीले बताउनुभयो ।

सदरमुकाममा आयोजित कार्यक्रममा प्रहरी निरीक्षक सिंह, स्वास्थ्य कार्यालयका प्रमुख सुमन तिवारी र जिल्ला अस्पतालका डाक्टर राजकुमार गजमेरले सहभागिहरुलाई आत्महत्याका बिषयमा प्रकाश पार्नु भएको थियो । सो कार्यक्रमका सहभागि बत्ताहरुले पछिल्लो समयमा बढदै गएका आत्महत्याका घटनाहरु न्युनीकरणमा सवै पक्षले भूमिका निर्वाह गर्नु पर्ने धारणा राख्नु भएको थियो ।

जिल्ला प्रहरी कार्यालयको आयोजनामा भएको कार्यक्रम प्रभावकारी भएकाले यसलाई समुदाय स्तरमा पनि लान सकिएमा अझै प्रभावकारी हुने कार्यक्रममा सहभागि भोजपुर एकाडेमीका शिक्षक सञ्चय रम्तेलले बताउनुभयो । आत्माहत्या न्यनुीकरण, दुरब्यर्सन लगायतका बिषयमा ज्ञान पाएको बिद्यार्थीहरुको भनाई रहेको छ । कार्यक्रमका अन्य सहभागिहरुले आत्महत्या न्युनीकरण पूर्णरुपमा एकै पटक गर्न नसकिएता पनि समयमै लक्षणहरु पहिचान गर्न सकिएमा एक जनाको भए पनि ज्यान जोगाउन मद्धत पुग्ने बताउनु भएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?