विराटनगर । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि प्रदेश नं. १ बाट टेबलटेनिसका १० खेलाडी छनोट भएका छन् । इटहरीमा जारी प्रदेश नं. १ स्तरीय खेलकुद प्रतियोगिताबाट उनीहरू छनोट भएका हुन् ।
प्रदेश १ बाट नवौं राष्ट्रिय प्रतियोगिताका लागि टेबलटेनिसमा महिलातर्फ दीक्षा दाहाल, रूपा लिम्बू, अञ्जली ठाकुर, सोनम ठाकुर र सुलेखा ठाकुर छनोट हुनुभएको प्रशिक्षक गीता मगरले जानकारी दिनुभयो । यस्तै, टेबलटेनिस पुरुषतर्फ अनमोल विक, सिद्धार्थ तामाङ, वोधित डिसी, विवेक बानियाँ र रोशन श्रेष्ठ नवौं राष्ट्रिय खेलकुदका लागि छनोट हुनुभएको छ ।
यस्तै, पाँच किलोमिटर दौडमा महिलातर्फ भोजपुरकी छेन्विमाया राईले स्वर्ण पदक जित्नुभएको छ । यस्तै, पाँच किलोमिटर दौड पुरुषतर्फ भने धनकुटाका गोकुल याकिलाले स्वर्ण पदक प्राप्त गर्नुभएको छ ।
पाँच किलोमिटर दौड महिलातर्फ संखुवासभाकी निला जिमीले रजत तथा ताप्लेजुङकी समपाल्मा शेर्पाले कास्य पदक प्राप्त गर्नुभएको छ । यस्तै, पाँच किलोमिटर दौड पुरुषतर्फ सुनसरीका प्रशान्त तामाङले रजत तथा पाँचथरका ओसन राईले कास्य पदक प्राप्त गर्नुभएको छ ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका