टोटनहमको जितमा सनको हृयाट्रिक

हिमालय टाइम्स
Read Time = 2 mins

लण्डन । हृयुङ मिन सनको हृयाट्रिक मद्दतमा टोटनहम हट्सपरले लेस्टर सिटीलाई ६-२ गोलअन्तरले पराजित गरेको छ । इंग्लिस प्रिमियर लिगअन्तर्गत भएको खेलमा टोटनहमका लागि सनको हृयाट्रिकसँगै हृयारी केन, एरिक डाएर र रोड्रिगो बेन्टान्कुरले १-१ गोल गर्नुभयो । लेस्टरका लागि युरी टिलेमान्स र जेम्स म्याडिसनले १-१ गोल फर्काउनुभयो ।

लेस्टरले खेलको छैटौं मिनेटमा टिलेमान्सको पेनाल्टी गोलमा अग्रता लिएको थियो । त्यसको दुई मिनेटपछि डेजान कुलुस्भ्सकीको क्रसमा केनले हेडरमार्फत् बराबरी गोल फर्काउनुभयो । २१औं मिनेटमा डाएरले गोल गर्दै टोटनहमलाई अगाडि बढाउनुभयो । ४१औं मिनेटमा म्याडिसनले गोल गर्दै खेल बराबरीमा ल्याउनुभयो ।

४७औं मिनेटमा बेन्टान्कुर र ७३औं मिनेटमा सनले गोल गर्नुभयो । यस जितसँगै टोटनहमको सात खेलमा १७ अंक भएको छ । टोलीले पाँच जित र दुई बराबरीको नतिजा निकालेको छ । पराजित लेस्टर भने सात खेलमा एक बराबरीसँगै एक अंकसाथ पुछारमा छ ।

अर्को खेलमा न्युकासल युनाइटेड र बर्नमाउथको खेल १-१ को बराबरीमा टुंगियो । फिलिप बिलिङको गोलमा बर्नमाउथले अग्रता लिए पनि दोस्रो हाफमा एलेक्जेन्डर इसाकले पेनाल्टीबाट बराबरी गोल फर्काउनुभयो । न्युकासल र बर्नमाउथ दुवैले सात खेलमा आठ अंक जोडेका छन् । एजेन्सी ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?