ताइवानमा २४ घण्टामा तीनपटक शक्तिशाली भूकम्प, जापानसम्म सुनामीको अलर्ट

Read Time = 2 mins

ताइपेई । ताइवानमा आइतबार २४ घण्टामा तीनपटक शक्तिशाली भूकम्प गएको छ । ताइवानको भूकम्पलाई ध्यानमा राख्दै जापानले सुनामीको चेतावनी जारी गरेको छ । ताइवानको मौसम विज्ञान ब्युरोले भूकम्पको केन्द्रविन्दु दक्षिणपूर्वमा रहेको ताइतुङ काउन्टीमा देखिएको बताएको छ ।

सोही क्षेत्रमा शनिबार ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो । त्यसपछि आइतबार बिहान ६.८ रेक्टर स्केलको भूकम्प गएको थियो । त्यसपछि दिउँसो यस ठाउँमा ७.२ रेक्टर स्केलको भूकम्प गएको थियो । जसको जन्म ताइतुङको सतहबाट १० किलोमिटर पर भएको थियो । तीनवटै भूकम्पको धक्का ताइवानभर महसुस गरिएको थियो ।

यो भूकम्पले ताइवानमा धेरै ठाउँमा सडक भत्किएको छ । पुलहरू ढलेका छन् । रेलहरू पटरीबाट खसेका छन् । पुल भाँचिएपछि धेरै सवारीसाधन पुलमुनि खसेका छन् । यूएस प्यासिफिक सुनामी चेतावनी केन्द्रले यी भूकम्पपछि ताइवानमा सुनामीको चेतावनी जारी गरेको छ ।

यस्तै जापानको मौसम विभागले ३.२ फिट अग्लो छाल आउने सुनामीको चेतावनी दिएको छ । किनभने उसको ओकिनावामा भूकम्प गएको छ । यसअघि सन् २०१६ मा ताइवानमा भूकम्पमा परी एक सयजनाको ज्यान गएको थियो । जहाँ सन् १९९९ मा ७.३ म्याग्निच्युडको भूकम्पका कारण दुई हजार जनाको मृत्यु भएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?