छानिए किड्स अफ द इयर इन्टरनेशनलका विजेता

Read Time = 2 mins

काठमाडौं । ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ मा एकसाथ तीन विजेता छानिएका छन् । शनिबार अबेर साँझ सम्पन्न प्रतियोगितामा जुनियर र सिनियर गरेर एकसाथ तीन विजेता छानिएका हुन् ।

प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल’ बालकतर्फ विलिप मानन्धर शीर्ष विजेता बन्नुभयो । यही प्रतियोगितातर्फको फष्ट रनरअप सायन केसी, सेकेण्ड रनर अफ विनिक खड्गी चुनिदा थर्ड रनरअप मेवान देगम शाक्य हुनुभयो ।

त्यस्तै ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ बालिकातर्फ आरध्या विष्टले शीर्ष उपाधि हासिल गर्नु भयो । यही प्रतियोगितामा इलियाना वैद्य फष्ट रनरअफ र हर्षिका खड्का सेकेण्ड रनरअप हुँदा उत्सुक्ता श्रेष्ठ थड रनरअफ हुनुभयो । प्रतियोगितामा ‘किड्स अफ द इयर इन्टरनेशनल २०२२’ सिरिनयर बालिका तर्फको उपाधि भने सिखा मान्नधरले हात पार्नुभयो ।

रेडियन्ट इभेन्ट म्यानेजमेन्ट एजेन्सीले आयोजना गरेको प्रतियोगिताको फाइनल स्पर्धामा आशिष थापा (प्रमुख प्रशासक मिलियन हृवाइट हाउस स्कुल ) इन्दु थापा (प्रिन्सिपल बेलर इन्टरनेशनल स्कुल), असोक पाण्डे ( प्रिन्सिपल सेमरक निष्ट स्कुलका), उमा बस्नेत (भाइस प्रिन्सिपल नाइटेङ्गल स्कुल) र पुकार कर्णजित (पहिलो मिष्टर काभ्रे तथा अध्यक्ष अर्किट इन्टरनेशनल स्कुल) निर्णयक रहनुभएको थियो ।

प्रतियोगितामा सात वर्षदेखि १३ वर्षसम्मका विद्यालय अध्ययनरत बालबालिकाको सहभागिता थियो । विजेता सबैले उपाधिका साथमा विभिन्न गिफ्ट र उपहार प्राप्त गरेका छन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?