‘भीषण सांगीतिक साँझ’ हुने

Read Time = 2 mins

काठमाडौं । गायक भीषण मुकारुङ राईको एकल सांगीतिक साँझ हुनेभएको छ । उहाँले एम्बुलेन्स सञ्चालन सहयोगार्थ एकल सांगीतक साँझ गर्न लाग्नुभएको हो । असोज ६ गते बिहीबार भोजपुरे सेवा समाज, काठमाडौंले उहाँको एकल सांगीतिक साँझ गर्न लागेको हो ।

सांस्कृतिक संस्थान, जमलमा हुने सांगीतिक साँझ सामाजिक सेवाभावका लागि आयोजना गर्न लागिएको भोजपुरे सेवा समाज, काठमाडौंका अध्यक्ष पासाङदोर्ची शेर्पाले जानकारी गराउनुभयो ।

नेपाल ज्येष्ठ नागरिक संरक्षण संघ ट्याम्के मैयुङ-३ अन्नपूर्णले सञ्चालन गरिरहेको एम्बुलेन्स व्यवस्था सहयोगार्थ सांगीतिक साँझको आयोजना गरिएको कार्यक्रमका संयोजक दाँवाली मिलन क्ल, काठमाडौंका अध्यक्ष रोशन श्रेष्ठले बताउनुभयो । ‘विशुद्ध सामाजिक सेवाभावको उद्देश्य राखेर सांगीतिक साँझको आयोजना गरिएको हो । यो पुण्य कामको हिस्सा हुन पाउँदा गर्व लागेको छ,’ गायक मुकारुङले सुनाउनुभयो ।

मुकारुङ भोजपुरको ट्याम्के मैयुङ-३ अन्नपूर्णका हुन् । दुई दशकभन्दा लामो समयदेखि सांगीतिक यात्रामा रहनुभएका मुकारुङका ‘विश्वासको बन्धन,’ ‘सक्सेस’, ‘संवाद’, ‘माहौल’, ‘चन्द्रमुखी,’ ‘एउटा सत्य’लगायत एल्बम श्रोता/दर्शकमाझ आएका छन् । यस्तै उहाँका ‘अँधेरीमा जुन पुूल्दा’, ‘खोर्सानी डल्ले’, ‘चन्द्रमुखी’, ‘ए सिम्मा’ लगायत गीत लोकप्रिय छन् । उहाँले आफ्ना चर्चित गीत साँझमा प्रस्तुत गर्नुहुनेछ । कार्यक्रममा सबैलाई खुला निमन्त्रणा गरिएको संयोजक श्रेष्ठले जानकारी गराउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?