सिएनआईले महिला नेतृत्व शिखर सम्मेलन गर्ने

Read Time = 2 mins

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) ले आगामी पुस २९ देखि माघ १ गतेसम्म महिला नेतृत्व शिखर सम्मेलन आयोजना गर्ने भएको छ । सिएनआईको महिला नेतृत्व मञ्च वुमेन लिडरसिप फोरमको संयोजनमा काठमाडौंमा सम्मेलन आयोजना हुने भएको हो । कोरोनापछि महिला नेतृत्वका तीनवटा प्रमुख क्षेत्रमा केन्द्रित रहेर सम्मेलन आयोजना गर्न लागिएको आयोजकले आइतबार पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

सम्मेलनलाई लैंगिक समानताका विषयसहित महिला नेतृत्वबीच विचार आदानप्रदान गर्ने, साझा रणनीति बनाउने, महिलाका सफलता सुनाउने, महिलालाई प्रोत्साहित गर्ने र एकअर्काबाट सिक्ने अवसरका रूपमा प्रयोग गरिने आयोजकले जनाएको छ । महिला नेतृत्व शिखर सम्मेलनले परिवर्तन प्रेरित महिला, नेता, विज्ञलाई एउटै थलोमा ल्याउने आयोजकको अपेक्षा छ । सम्मेलनमा नेतृत्वमा महिला, अर्थतन्त्रमा महिलाको योगदान र परिवर्तनका संवाहक महिला विषयमा छुट्टाछुट्टै सत्रमा छलफल हुने र राजनीतिक, आर्थिक, सामाजिक, वातावरणलगायत क्षेत्रमा स्थापित, रूपान्तरणकारी एवं प्रभावशाली राष्ट्रिय एवं अन्तर्राष्ट्रिय क्षेत्रमा ख्याति कमाएका महिलाको सहभागिता रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?