राउण्ड टेबलद्वारा गहना पोखरी सफाइ

Read Time = 2 mins

काठमाडौं । हाडीगाउँको गहना पोखरी वरपरको क्षेत्रमा राउण्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्ज आयोजना गरिएको छ । राउण्ड टेबल इन्टरनेशनल वेस्ट च्यालेन्जअन्तर्गत काठमाडौं हाडीगाउँस्थित गहना पोखरी आसपास क्षेत्रको सरसफाइ गरिएको राउण्ड टेबलले जनाएको छ । डेंगु संक्रमणलाई समेत ध्यानमा राखेर सरसफाइ गरिएको आयोजकको भनाइ छ ।

सरसफाइसँगै सचेतनासमेत फैलाइएको राउण्ड टेबल नेपालका राष्ट्रिय अध्यक्ष राहुल अग्रवालले बताउनुभयो । त्यसैगरी गहना पोखरी वरिपरि र खेलमैदान नजिकको प्रहरी कार्यालयमा पनि डस्टबिन राखिएको थियो ।

कार्यक्रममा राउण्ड टेबल इन्टरनेशनलका उपाध्यक्ष जयन्त अग्रवाल, लेडिज सर्कल इन्टरनेशनलका एप्याक चियर आरती अग्रवाल, लेडिज सर्कल नेपालकी अध्यक्ष मानसा अग्रवाल, फोटी वान क्लब अफ नेपालका राष्ट्रिय अध्यक्ष मनोज दास तथा राष्ट्रिय बोर्ड सदस्य र अन्य टेबलरको सहभागिता रहेको थियो ।

त्यस्तै, देशभरबाट संकलित बिग्रिएका कम्प्युटर, ल्यापटप, मोबाइललगायतका इलेक्ट्रोनिक सामग्री काठमाडौंस्थित डोको नामक संस्थालाई हस्तान्तरण गरिएको राउण्ड टेबल नेपालका महासचिव दिवस सुवेदीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?