संविधान दिवसमा टेलिकमको अफर

Read Time = 1 min

काठमाडौं । असोज ३ गते मनाइने संविधान दिवस २०७९ को अवसरमा नेपाल टेलिकमले संविधान दिवस अफर ल्याएको छ । अफरअन्तर्गत सहुलियत दरका डाटा र भ्वाइससहितको प्याक उपलब्ध हुनेछ भने असोज ४ गतेसम्म लागू हुनेछ । तीन दिनसम्म प्रयोग गर्न सकिनेछ ।

एक जिबी डाटा प्याक जम्मा ९८ रुपैयाँमा खरिद गर्न सकिनेछ भने २४ घण्टासम्म प्रयोग गर्न सकिने एक एमबिपिएस अनलिमिटेड डाटा र अननेट अनलिमिटेड कुराकानी गर्न सकिने प्याक ४९ रुपैयाँमा उपलब्ध हुनेछ ।

अफरअन्तर्गत नै १० दिनसम्म प्रयोग गर्न सकिने २० जिबी डाटा प्याक जम्मा दुई सय ९४ रुपैयाँमा खरिद गर्न सकिने कम्पनीका प्रवक्ता शोभन अधिकारीले जानकारी दिनुएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?