सेगवे स्कुटरको दशैं अफर

Read Time = 2 mins

काठमाडौं । नेपालका लागि सेगवे सवारीसाधनको आधिकारिक बिक्रेता आइहव प्रालिले दशैं, तिहार र छठको अवसरमा आकर्षक छुट र पुरस्कार उपलब्ध गराउने भएको छ । अफर नेपालका सबै सेगवे इ-स्कुटरमा लागू हुने कम्पनीले जनाएको छ । कम्पनीका अनुसार ‘यो दशैं/तिहार सेगवेको साथ उपहार ७’ अफर नेपालमा सेगवेको दुईपांग्रे सवारीसाधनको आक्रामक बजार रणनीति र विस्तारको निरन्तरता हो । सेगवेले नेपाली ग्राहकका लागि विविधता र गुणस्तर दुवै सुनिश्चित गरी उत्पादन उपलब्ध गराउने योजना बनाएको छ ।

अफरमा ग्राहकले कुनै पनि सेगवेको उत्पादन खरिद गर्दा १० हजार नगद छुट अमाजफिट ब्राण्ड वा आमाजफिट नियो ब्राण्डजस्ता निश्चित पुरस्कार जित्न सक्नुका साथै निःशुल्क बीमा र सडक कर पनि प्राप्त गर्ने कम्पनीले जनाएको छ । ग्राहकले लक्की ड्रमार्फत् विभिन्न पुरस्कारसमेत जित्न सक्ने बताइएको छ ।

लक्की ड्रमार्फत् दुईजनाले किक स्कुटर, दुईजनाले स्मार्टफोन र पाँचजनाले स्मार्ट वाच जित्नसक्ने कम्पनीले जनाएको छ । साथै एक्सचेन्ज सुविधा, निःशुल्क एएमसी र इएमआइसमेत रहेका छन् । सेगवे नाइनबटको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक आइहव प्रालि रहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?