शाओमी मोबाइलमा छुट

Read Time = 1 min

काठमाडौं । स्मार्टफोन ब्राण्ड शाओमीले चाडपर्वको अवसर पारेर आफ्ना मोबाइल सेटमा विशेष छुट व्यवस्था गरेको छ । कम्पनीका नेपाल कन्ट्री जनरल म्यानेजर अमितकुमार पण्डाले भन्नुभयो, ‘नेपालीहरूको महान् चाड दशैंको शुभ उपलक्ष्यमा हाम्रा उपभोक्ताका लागि साबिकभन्दा कम मूल्यमा मोबाइल फोन उपलब्ध गराउन गइरहेका छौं । यसले यहाँहरूको चाडपर्वको माहोललाई अझै रोमाञ्चक बनाउनेछ भन्ने हामीले आशा लिएका छौं ।’ रेडमी नोट ११ सिरिजमा एक हजार रुपैयाँ र रेडमी नोट १२ सिरिजमा तीन हजार रुपैयाँसम्म छुट हुने कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?