विश्व बैंकसँग ५३ अर्ब सहुलियत ऋण सम्झौता

Read Time = 3 mins

काठमाडौं । नेपाल र विश्व बैंकबीच झण्डै ५३ अर्ब अर्थात् ५२ अर्ब ९६ करोड नेपाली रुपैयाँ बराबरको सहुलियतपूर्ण ऋण सम्झौता भएको छ । नेपालको क्षेत्रीय यातायात तथा व्यापार आबद्धता अभिवृद्धि (एक्सेस) र डिजिटल नेपाल गति वृद्धि (डिएनए) का लागि विश्व बैंक र नेपाल सरकारबीच आइतबार सहुलियतपूर्ण ऋण सम्झौतामा हस्ताक्षर भएको हो ।

अर्थमन्त्री जनार्दन शर्माको उपस्थितिमा अर्थसचिव कृष्णहरि पुष्कर र विश्व बैंकका नेपाल, माल्दिभ्स र श्रीलंकाका राष्ट्रिय निर्देशक फारिस हदाद–जर्भोसले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुसार विश्व बैंकले एक्सेसका लागि ३४ अर्ब ९६ करोड अर्थात् २७ करोड ५० लाख अमेरिकी डलर बराबर र डिएनएका लागि १८ अर्ब अर्थात् १४ करोड अमेरिकी डलर बराबर सहुलियतपूर्ण ऋण प्रदान गर्नेछ ।

विश्व बैंकका राष्ट्रिय निर्देशक जर्भोसले नवीन डिजिटल अर्थतन्त्रलाई सुदृढ बनाउँदै नेपालमा क्षेत्रीय एकीकरण र डिजिटल रूपान्तरणलाई सहयोग गर्न विश्व बैंक प्रतिबद्ध रहेको बताउनुभयो । एक्सेसअन्तर्गत पूर्व-पश्चिम राजमार्गको बुटवल-गोरुसिंगे-चन्द्रौटा सडकलाई चार लेनमा स्तरोन्नति गरिनेछ ।

सडकको दूरी ६९ किलोमिटर रहेको छ । जसले भारतको पश्चिमी बन्दरगाहसम्म पहुँच अभिवृद्धिका साथै यात्रा समय ३० प्रतिशतले घटाउने अपेक्षा गरिएको छ । त्यस्तै, डिएनए आयोजनाले सरकारले २०७६ सालमा घोषणा गरेको डिजिटल अर्थतन्त्र रणनीतिअन्तर्गत रहेको डिजिटल नेपाल फ्रेमवर्कको कार्यान्वयनमा सघाउनेछ । जसले उच्च गुणस्तरीय इन्टरनेट सेवा ग्रामीण क्षेत्रमा समेत पु¥याउन मद्दत गर्ने विश्व बैंकद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?