दण्डको परिभाषा फेर्नुपर्ने देखियो

Read Time = 19 mins

✍️ मणि शर्मा
हाम्रो कानुन कार्यान्वयन गर्ने थलो, न्यायालय जहाँ न्यायभन्दा बढी अन्याय हुन्छ, खास खास मिडिया हाउस, कथित अधिकारकर्मी तथा नागरिक समाज, प्रहरी आदि पश्चिमा शक्तिकेन्द्रबाट सञ्चालित छन् । उनीहरूले चाहेजस्तो यहाँ कानुन बन्छ र फैसला गरिन्छ । सरकारी वकिल पनि यसबाट अछुतो छैनन् । पतिपत्नीबीचको शारीरिक सम्बन्धलाई पनि बलात्कारको जामा पहिराइएको छ । हाम्रो वरिपरि हेरे थाहा हुन्छ यदि कुनै स्वास्नीमान्छेले आफ्नो पति इतर सम्बन्ध राखेकी छे भने उसले पतिमाथि बलात्कारको मुद्दा थोपरेर अंश लिएर केही समयपछि आफ्नो प्रेमीसँग पोइल जान्छे ।

हाम्रो धर्म र संस्कृतिले पतिपत्नीको साथ सात जुनीको भन्छ । किनकि पृथ्वीमा हरेक चीज सात छन् । सात रस, सात धातु, सूर्यको किरण सात, सप्तसिन्धु, सप्तऋषि आदि । जुठो आदि बार्दा पनि सात पुस्तासम्मलाई प्राथमिकता दिइन्छ । त्यसैले पनि पतिपत्नीको साथ सात जुनीसम्मको हो भनिन्छ । यो बाइबलीय संविधानको आधारमा बनेको कानुनले हामी सनातन धर्मावलम्बीहरूको संस्कृति तथा धर्मलाई भ्रष्ट पार्दै धेरैको घर संसारलाई भताभुंग पारिदिएको छ । बलात्कार शब्दले बलात्कारकै अपमान गरेको छ । निर्मला पन्त वा भगवती जुन सक्कली बलात्कार थियो त्यो मुद्दा अहिलेसम्म प्रहरीले हल गर्न सकेको छैन । जुन बलात्कार राजनीतिक छाता ओढेर गरिन्छ त्यसको छेउसम्म पुग्न प्रहरी आफैँ चाहँदैन । छानविनको नाटक मञ्चन गरेर उसले त्यो फाइललाई एउटा कुनामा मिल्काइदिन्छ ।

कृष्णबहादुर महराको बलात्कारको मुद्दा हेरौँ, जहाँ सिसीटिभीसमेत प्रमाण थियो तर उनी कसरी फूलमाला लगाउँदै बेदाग जेलबाट मुक्त भए ? पल शाहको मुद्दा हेरौँ, सहमतिमा सम्बन्ध हुन्छ, सौदाबाजीमा कुरा नमिलेपछि मुद्दा हाल्छिन् र पल शाहले बालयौन दुव्र्यवहारमा जेल जानुपर्छ । अहिले त्यस्तै मुद्दा क्रिकेटर सन्दीप लामिछाने जसले क्रिकेटमा नेपालको नाम विश्व मानचित्रमा सफलतापूर्वक अंकित गरेका छन् उनलाई त्यही मुद्दामा फसाइन्छ । हुन त यसमा सन्दीप पनि दोषी छन् । उनले पल शाहबाट शिक्षा लिँदै कुनै केटीको कुरामा लागेर मोजमस्तीतिर नलाग्नुपर्ने हो । उनी हनी ट्यापमा फसे र आफ्नो जीवन बर्बाद पारे । उनको खेल जीवन समाप्त पार्न क्यानलगायत देशीविदेशी शक्ति लागेको हुनुपर्छ ।

सन्दीप लामिछानेमाथि यसरी अरेस्ट वारेण्ट जारी गरिएको छ, मानौँ उनी कुनै खुंखार आतंकवादी हुन्, विश्वमा नेपालको नाम उच्च पार्ने एउटा अन्तर्राष्ट्रिय खेलाडीलाई एउटा दुर्दान्त हत्यारा जस्तो व्यवहार गर्न प्रहरीलाई कसले अह्रायो ।

ती केटी राति एघार बजेसम्म नआउँदा होस्टेलको वार्डेनले किन प्रहरीलाई जानकारी नदिएको ? केटीले वार्डेनलाई किन गेट खोल्न फोन गरिनन् वा आफ्ना साथीहरूलाई गेट खोल्न फोन नगरेर सन्दीपलाई किन होटलमा जान भनिन् ? अहिलेसम्म मिडियामा उनी सम्बन्धमा आएको जानकारीलाई सत्य मान्ने हो भने उनले सन्दीपसँग बसेर रक्सी किन खाइन् ? जुन होटलमा एउटाभन्दा अरू कोठा खाली थिएन त्यहाँ सुत्न नमानेर अर्को होटलमा जान किन दबाब दिइनन् ? युवतीले तुरुन्तै वा उज्यालो भएपछि प्रहरीलाई फोन वा प्रत्यक्ष गएर उजुरी किन गरिनन् ? योनीको परीक्षणबाट चिकित्सकले बलात्कार भए÷नभएको परीक्षण गर्न सक्छ, के प्रहरीले केटीको योनी र मलद्वारको परीक्षण गरायो ? घटना भएपछि प्रहरीलाई फोन गरेको भए तहकिकात गर्न प्रहरीलाई सजिलो हुन्थ्यो । उसले उसको कपालको अवस्था, शरीरका अन्य अंगको अवस्था, चिथोरेको, टोकेको आदि थाहा हुन्थ्यो, बलात्कार हुँदा केटी चिच्याइन् कि चिच्याइनन्, कसैसँग गुहार मागिन् कि मागिनन् वा बलात्कार भएपछि होटलका पदाधिकारीलाई जानकारी गराइन् कि गराइनन् ? तर, दुवैजना सहमतिमा होटलमा गएका छन्, एउटै कोठामा सुतेका छन् ।

सन्दीप लामिछानेमाथि यसरी अरेस्ट वारेण्ट जारी गरिएको छ, मानौँ उनी कुनै खुंखार आतंकवादी हुन्, विश्वमा नेपालको नाम उच्च पार्ने एउटा अन्तर्राष्ट्रिय खेलाडीलाई एउटा दुर्दान्त हत्यारा जस्तो व्यवहार गर्न प्रहरीलाई कसले अह्रायो । मुलुकलाई बलात्कार गर्नेलाई सलामी तर मुलुकको नाम विश्वमा उज्ज्वल पार्नेलाई जेल ? पञ्चायतकालमा क्याम्पसहरूमा केटीहरूले धोती लगाउनु अनिवार्य थियो, विद्यालयहरूमा शरीर छोपिने लुगा लगाउनु पथ्र्यो । केटीहरूले सम्वेदनशील अंग प्रदर्शन गर्न पाउँदैनथे । घरमा पनि आमाबाबा छोरीको पोशाकलाई लिएर संवेदनशील हुन्थे । छोरीबेटीलाई एक्लै हिँड्न दिँदैनथे, अभिभावक साथै हुन्थे । बाहिर पढाउनु प¥यो भने पनि आफ्नो नाता कुटुम्ब वा परिचितकहाँ लगेर राख्दथे । छोरीमान्छे अहिले जस्तो छाडा नभएर अभिभावकको अधीनमा हुन्थे । सौन्दर्य प्रतियोगिता र मोडलिङले नारीलाई नंग्याएर बाजारी उपभोग्य वस्तुको रूपमा प्रस्तुत गर्ने कार्यलाई सरकारले किन रोक्दैन ?

विद्यालयहरू, बैैंकहरू, कर्पोरेट हाउसहरू, मिडिया हाउसहरू चारैतिर नारीलाई पश्चिमा पहिरनमा सजाइयो । अचेलका फिल्म र वेबसाइट अश्लीलताको भण्डार भएका छन् । यी सबैको प्रभाव किशोरकिशोरीमा पर्नु स्वाभाविक हो । सरकारले नांगोपनलाई छुट दिएको छ तर बलात्कारको परिभाषा फेरेको छ । बालिका जब रजस्वला हुन्छिन् उनी नारीमा परिणत हुन्छिन् । रजस्वला हुनुभनेको मातृत्वका लागि परिपक्क हुनु हो । यौनसम्बन्धी ज्ञान केटामान्छेभन्दा केटी मान्छेलाई छिटो हुन्छ । यो प्राकृतिक कुरा हो । विद्यालयहरूमा नैतिक शिक्षाको साटो यौन शिक्षा पढाइन्छ । सम्भोग के हो, कण्डम कसरी प्रयोग गरिन्छ आदि सिकाइन्छ । यसले किशोर मनमा यौनप्रति चासो बढ्नु स्वाभाविक हो । हाम्रो शिक्षा पद्धति नै सबै विकृतिको कारक हो ।

करिब एक डेढ वर्षअगाडि बम्बै उच्च अदालतमा दुई वर्षसम्म रिलेसनसिपमा बसेकी केटीले केटाले विवाह गर्न नमानेपछि बलात्कारको मुद्दा हालेकी थिइन् । तर, अदालतले रिलेसनसिपमा सहमतिले बसेकाले यौनसम्बन्ध सहमतिमा हुनेभएकाले मुद्दालाई खारेज गर्दै केटालाई निर्दाेष घोषणा ग¥यो । दुईजना महिला जो लेखक हुन् ले कर्नाटकको कोझिकोड अदालतमा एकजना पुरुषमाथि फेबु्रवरी, २०२२ मा यौनदुराचारको मुद्दा हालेका थिए । अगष्ट १२ मा अदालतले महिलाहरूलाई यौन उत्तेजक पोशाक लगाएर पुरुषलाई आकर्षित गरेकाले उनलाई जमानतमा छोड्यो ।

नारीको अंगप्रत्यंग देखिने पोशाक लगाएकोमा विरोध गरे भने गर्छन्, हाम्रो शरीर हो, हाम्रो मर्जी, हामीले जस्तोसुकै लुगा लगाऊँ अरूलाई के मतलब ? हाम्रो होइन तिमीहरूको सोच बदल भन्छन् । उनीहरूको सोझै संवेदनशील अंग देखाउने लुगा लगाउने सोचपछाडि पुरुषले उनीहरूलाई हेरून् भन्ने होइन् र ? एउटी सभ्य तथा संस्कारी नारीले कहिल्यै पनि चाहन्नन् पुरुषले उनको शरीरलाई घोरिएर हेरून् भनेर ।

जब नारीले अर्धनग्नभन्दा पनि तल झरेर शरीर प्रदर्शन गर्छन् भने पुरुषले हेर्छन् वा कसैले सम्बन्ध बढाएर शारीरिक शोषण गर्छन् यो पनि सहमतिमै । नारीले वेश्यालय पनि चलाएका छन्, पोर्न फिल्ममा पनि खेलेका छन् । पुरुषले के गर्न सक्छन् ? यो उनीहरूको अधिकारको कुरा हो । केटी होस् वा स्वास्नीमान्छे आजभोलि होटल वा पार्टीमा गए मात्ने गरी रक्सी खाएर अश्लील हर्कतमा उत्रिन्छन् । श्वान नृत्य गराउने प्रायोजक तथा श्वाननृत्य गर्ने नारीले आफ्नो घर परिवार, छोराछोरी र समाजलाई के सन्देश दिन खोजेका हुन् ? पल, सन्दीपहरूको जस्तो कथित बलात्कार नारीको स्वीकृतिविना त्यसै हुँदैन । मस्तिष्क विज्ञानका अनुसार चार किसिमका नशाहरूमा एउटा नशा अश्लीलता वा यौनको हुन्छ । चाणक्य सूत्रमा यौन अर्थात् सेक्सलाई सबैभन्दा ठूलो नशा र रोग बताइएको छ । आमाहरू संस्कारहीन हुनाका कारण छोरीहरू कुसंस्कारी भएका हुन् ।

पुराणहरूमा बलात्कार र सहमतिमा भएको सहवासमा नारी र पुरुष दुबैलाई सजाय भएको पाउँछौँ । मनुका नाति इक्ष्वाकुका छोरा दण्ड एकदिन वसन्त ऋतुमा वन विहार गर्न आफ्ना सेना तथा सहचरहरूसँग वनतिर लागे । उनले अरण्यप्रान्तमा रहेका आफ्नो गुरु शुक्राचार्यको कुटीमा पुगेपछि गुरुलाई खोजे । शुक्राचार्य आफ्ना शिष्यहरूसहित एकाबिहानै नदीमा स्नानादि गरी यज्ञ गराउँन गएका थिए । कुटीका परिचारिकाहरूबाट थाहा पाए गुरुकन्या अरजा कुटीनजिकको वनमा गएकी छिन् भनेर । उनी उतै लागे ।

वनका मनोरम दृष्यहरू हेर्दै जाँदा पथमा सद्यःस्नाता अरजालाई देखेपछि उनी उनको सौन्दर्यमा मोहित भएर उनीसँग सहवास गर्ने इच्छा व्यक्त गर्दा अरजाले उनी शुक्रको शिष्य भएको नाताले आफू उनको गुरुपुत्री अर्थात् बहिनी भएको भन्दै प्रतिकार गरिन् । तैपनि उनले कामातुर हुँदै सहवासका लागि जिद्दी गरेपछि उनले पितालाई भनेर आफ्नो पाणिग्रहण गर्ने सल्लाह दिइन् । अरजालाई काम के हो थाहा थियो । उनले शास्त्र पढेर थाहा पाएकी थिइन्, मन परिचालित तथा आत्मसंयुक्त कर्ण, त्वचा, चक्षु, जिहृवा र घ्राणको स्व-स्व विषयमा अनुकूल भावले जुन प्रवृत्ति अर्थात् शब्द, स्पर्श, रूप, रस, गन्ध सम्बन्धमा आत्माको जुन सुखानुभूति हो त्यो काम हो ।

श्रोत्रत्वक्चक्षुर्र्जिहृवाघ्राणानामात्मसंयुक्तेन मनसाधिष्तिानां स्वेषु स्वेषु विषयेदानुकुल्यतः प्रवृत्तिः कामः ।
अरजाले जति सम्झाउँदा पनि दण्डले उनको कुराको प्रतिवाद गर्दै चित्रांगदाको उदाहरण दिए । एकपटक विश्वकर्मापुत्री चित्रांगदा आफ्ना सखीहरूसँग स्नान गर्न वन्यप्रान्तमा अवस्थित नदीमा गएकी थिइन् । उनी कमलका फूलहरू माझ स्नान गर्दा एउटा वृक्षमा राजा सुरथ बसेर उनलाई हेरिरहेको देखिन् । उनले आफ्ना सखीहरूलाई राजालाई देखाउँदै भनिन्, हेर त ती राजा मलाई कामातुर भएर हेरिरहेका छन् । म गएर उनको चाहनालाई तृप्त पार्नुपर्छ । सखीहरूले लाख सम्झाउँदा पनि नमानी उनी सुरथसमिप जान्छिन् । राजाले आफ्नो इच्छा व्यक्त गरेपछि उनले आफ्नो देह दान गरिन् ।

त्यसरी नै तिमीले मलाई आफ्नो देहदान गर भन्छन् दण्ड । अरजाले व्यक्ति व्यक्तिको सोच फरक हुन्छ, म देहदान गर्न सक्दिन भन्दै उक्त कथाको बाँकी भाग सुनाउँछिन् । जब ऋषि विश्वकर्मालाई छोरीको चर्तिकला थाहा हुन्छ तब उनले उनलाई श्राप दिँदै भने, पुत्री तिमी नारी धर्म त्यागेर आत्मनिवेदनपूर्वक सुरथको अंकशायिनी भएकी छौ । यो अपकर्म गरेको हुनाले तिम्रो विवाह हुने छैन, पतिसुखवञ्चिता र सन्तानप्रप्तिमा असमर्थ भएर तिम्रो जीवन अविवाहित हुनेछ । तर, पछि लामो समयसम्म तपस्या गरेर श्रापमुक्त भएकी थिइन् उनी । उनले दण्ड गुरुभाइ भएको सम्झाउँदै उनको पूजा गरिन् तर दण्डले उनलाई वस्त्रहीन बनाएर बलात्कार गरे ।

चाणक्य सूत्रमा यौन अर्थात् सेक्सलाई सबैभन्दा ठूलो नशा र रोग बताइएको छ । आमाहरू संस्कारहीन हुनाका कारण छोरीहरू कुसंस्कारी भएका हुन् । पुराणहरूमा बलात्कार र सहमतिमा भएको सहवासमा नारी र पुरुष दुवैलाई सजाय भएको पाउँछौँ ।

अंगमंगे समाश्लेस्य मुखे चैव मुखं कृतम् । विस्फुरन्तिम् यथाकामं मैथुनोयोपचक्रमे ।। पहिला गहिरो आलिंगन अनि मुखमा मुख स्थापन गरेपछि पुनः पुनः चुम्बन । त्यसपछि स्तन तथा देहको अन्यान्य प्रत्यंगमा नंगक्षत चिन्हित्, दन्तच्छेद, सित्कार अर्थात् रतिक्रीडाको उन्मादमा मुखनिःसृतध्वनि, हातले अरजाको देह निष्पेषण प्रयोग गरे दण्डले । अरजा निःशब्द । आफ्नो कामवासना तृप्त गरेपछि दण्ड चुपचाप आफ्नो दरबारमा फर्किए ।

शुक्र आफ्ना शिष्यहरूसहित फर्केर घर आएपछि अरजालाई बराण्डामा अस्तव्यस्त धूलधूसरित भएर बसिरहेकी देखेर के भयोे भनेर सोधे । अरजा मौन । अकस्मात् शुक्रको ध्यान उनको जाँघ मुन्तिर गयो जहाँबाट बिर्य बगिरहेको थियो । उनले कुरा बुझेर क्रोधित हुँदै सोधे, को आएको थियो यहाँ ? उनले दण्ड आएको भनिन् । के तिमी धर्षिता भएकी हौ भनेर पिताले सोध्दा अरजा रुन थालिन्, आफ्नी दुहिताको यस्तो अवस्था देखेर शुक्रले दण्डलाई श्राप दिँदै भने, ‘आजको सात दिनभित्र तिम्रो राज्य आगोले ध्वस्त हुनेछ, त्यहाँ भएका सबै प्राणीको अग्निदाह भएर मृत्यु हुनेछ ।’

त्यसपछि उनले शिष्यहरूलाई भोलि बिहान यो ठाउँ छोडेर अन्तै टाढा जान तयारी गर्न भने । अरजाले दोष राजाको हो प्रजाको होइन पिताश्री, प्रजालाई श्राप नदिनुहोस् भन्दा शुक्रले भने ‘जुन देशका राजा भ्रष्ट, कामक्रोधादिबाट दग्ध भएर कपट आचरण गर्छन् त्यस राज्यका राजाको पापको फल तिनका प्रजाले पनि भोग्नुपर्छ ।’ कुटीबाट सबै गएपछि आफू कहाँ जाने भनेर अरजाले सोधेपछि शुक्रले भने, ‘तिमी निष्पाप भए पनि कार्यकारण गतिले पापले तिमीलाई स्पर्श गरेको छ । त्यसैले तिमी सय वर्षसम्म साधना गर, तिमी तिम्रो पापबाट मुक्ति पाउने छौ ।’ सातौं दिन दण्डको राज्य अग्निदाहले ध्वस्त भयो । अचेल यसलाई दण्डकारण्य भनिन्छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?