सुकीर्तिमय राष्ट्रदीप पदकबाट १७ स्रष्टा सम्मानित हुँदै

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले मह जोडी वरिष्ठ कलाकार मदन कृष्ण श्रेष्ठ र हरिवंश आचार्यलाई सुकीर्तिमय राष्ट्रदीप पदकबाट सम्मानित गर्ने घोषणा गर्नुभएको छ । उहाँहरूसहित १७ जनालाई यो पदकबाट सम्मानित गर्ने घोषणा गर्नुभएको हो ।

सम्मानित हुनेहरूमा नीर शाह, राजेश हमाल, गङ्गाप्रसाद उप्रेती, तिलविक्रम नेम्वाङ (वैरागी काइला) मनन्दकृष्ण जोशी, उन्नती बोहरा (शिला), चन्द्र ढकाल, पशुपति मुरारका, प्रा. श्रीमती भूषण श्रेष्ठ, नरबहादुर कंडेल, एकनारायण अर्याल, डा. पेमनारायण कंडेल, कृष्णहरि पुस्कर, लीलादेवी गडतीला र कुलमान घिसिङ् रहनुभएको छ ।

त्यसैगरी संस्कृतिविद् डा. जगमान गुरुङ्लाई सुप्रसिद्ध प्रबल जनसेवाश्री र टेकबहादुर मोक्तान, इश्वरीप्रसाद पौड्याल, रामप्रसाद भण्डारी, डा. जानकीकुमारी तुलाधर, सगुनशमशेर जबरा, स्व. भागवत यादव, स्व. मेघराज उपाध्याय, स्व. सरदार भीमबहादुर पाण्डे, सूर्यप्रसाद सुवेदी, स्व. ठाकुरप्रसाद बगाना, स्व. हरिभक्त वली, स्व. प्रभाकरशमसेर जबरा, स्व. काशीप्रसाद श्रीवास्तव र सिगेरु सुगानामीलाई प्रसिद्ध प्रबल जनसेवाश्रीबाट सम्मानित गर्ने घोषणा गर्नुभएको छ ।

त्यसैगरी पूर्व प्रधानमन्त्री स्वर्गीय सुशील कोइरालालाई नेपाल रत्नबाट विभूषित गर्ने घोषणा गर्नुभएको छ । राष्ट्र गौरवबाट राजनीतिज्ञ स्वर्गीय जीवराज न्यौपाने ृआश्रिते, मन्त्रिपरिषद्का पूर्व अध्यक्ष खिलराज रेग्मी र संस्कृतिविद् सत्यमोहन जोशीलाई सम्मानित गर्ने घोषणा भएको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्को भदौ ३१ गतेको निर्णय अनुसार उहाँहरूसँगै संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उहाँहरूसहित विभिन्न ९९८ जना महानुभावहरुलाई मानपदवी, अलङ्कार र पदकद्वारा विभूषित गर्ने घोषणा गर्नुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?