कविता : अँध्यारो वर्तमान !

बद्रीप्रसाद दाहाल
Read Time = 1 min

द्रोहै द्रोह र विद्रोह, द्वेष विद्वेष झन् बढे ।
अनुशासन तोडेर, मान्छे कलहमा चढे ।।

दल निर्बल छन् आज, मरे सिद्धान्त दर्शन ।
गुुटको खोरमा बन्दी बनेछन् स्वार्थिला मन ।।

चर्को आरोपको कोप जुहारी चल्छ दिन्दिन ।
आफैँ ठालू हुने रोग चर्कियो देशमा किन ??

धाक धक्कू अहङ्कार आडम्बर र ढोँगले ।
सीमा नाघिसकेका छन्, दम्भ औ अभिमानले ।।

टनका टन घाँटीमा माला भिर्ने भिराउने ।
विज्ञापन चल्यो चर्को चोचाचाचु छिराउने ।।

भागबण्डा गरेका छन् सम्प्रभुु मतका पति ।
नागरिक हकै खोसी, भत्किए दलका मति ।।

दल निर्दल भै नाचे, छलाङे छन् वृकोदर ।
लोकतन्त्र बनाएछन्, शनि औ बडवानल ।।

अँध्यारो चिर्न लौ बोकौँ ! झण्डा चन्द्र र सूूर्यको ।
काला बादल पन्छाए, मृत्तिका उजिलिन्छ यो ।।

द्रष्टव्य-: चोचाचाचुु भनेको- (चोर, चाकडीबाज, चाप्लुस र चुुक्लिखोर हो ।)
समाप्तम्

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?