दिवंगत बेलायतकी महारानी एलिजाबेथ द्वितीयको आज अन्त्येष्टि गरिँदै

लण्डन । बेलायतकी महारानी एलिजाबेथ द्वितीयलाई आज पूर्ण राज्य सम्मानका साथ अन्तिम विदाई गरिने भएको छ ।

गत साता उहाँको निधन भएको थियो । महारानी एलिजाबेथको एक घण्टा लामो राजकीय अन्त्येष्टि आज लन्डनको वेस्टमिन्स्टर एबेमा हुनेछ ।

अन्त्येष्टिमा विश्व नेता, बेलायतको शाही परिवार, यसका राजनीतिक अभिजात वर्ग र सेना, न्यायपालिका र परोपकारी संस्थाका सदस्यहरू सामेल हुनेछन् ।

अन्त्येष्टिमा सहभागी हुन विश्वभरका ठूला नेता तथा प्रतिष्ठित व्यक्तिहरू लण्डन पुगिसकेका छन् । नेपाली समय अनुसार अपराह्न साढे ४ बजे उहाँको अन्त्येष्टि गरिने छ ।

महारानी एलिजाबेथको बिहीबार ९६ वर्षको उमेरमा निधन भएको थियो । उहाँको निधनपछि चाल्र्स तृतीय बलायतको नयाँ राजा बन्नुभएको छ । एजेन्सी

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?