काठमाडौं । एएफसी यु-२० एसियन कप छनोटको अन्तिम खेलमा आइतबार बंगलादेशसँग ३-० को नतिजामा पराजित भएसँगै नेपाल समूह ‘बीमा जितविहीन भएको छ । सुरुआती तीन खेलमा पराजय भोगेको नेपाली टिम अन्तिम खेलमा सान्त्वना जितको अपेक्षासहित मैदानमा उत्रिएको थियो ।
तर, सुरुआती समयमै दश जना र पहिलो हाफमै ९ जनामा सीमित भएपछि नेपालले दक्षिण एसियाली प्रतिद्वन्द्वीविरुद्धको हार टार्न सकेन ।
बहराइनमा भएको छनोट अन्तर्गत नेपाल पहिलो खेलमा भुटानसँग २-० ले पराजित भएको थियो । दोस्रो खेलमा कतारसँग ३-१ को हार बेहोरेको नेपालले बहराइनसँग १० जनामा सीमित हुँदा ६-० को फराकिलो नतिजामा पराजित हुनु परेको थियो ।
आइतबार राति छैटौं मिनेटमा नेपाली रक्षापंक्तिको गल्तीको फाइदा उठाउँदै बंगलादेशका मोजिबोर जोनीले पहिलो गोल गरेका थिए । त्यसको चार मिनेट नबित्दै बंगलादेशले पियास नोभाको गोलबाट अग्रता दोब्बर पारेको थियो ।
बंगलादेशी खेलाडीलाई कुहिनाले प्रहार गरेपछि २६औं मिनेटमा नेपालका सेन्टर ब्याक अजय चौधरीले रातो कार्डको सामना गर्नु परेको थियो ।
त्यसको ६ मिनेटअघि सन्दीप कार्कीको स्थानमा मैदान प्रवेश गरेका कप्तान आयुष घलान अभद्र व्यबहारका कारण रातो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए । आयुषसँग अभद्र व्यबहारमा सामेल भएकै कारण बंगलादेशका अजिजुल हकी पनि दोहोरो पहेँलो कार्डको सामना गर्दै मैदानबाट बाहिरिए ।
दोस्रो हाफको सुरुआतदेखि नै बंगलादेशले दबाब बनाएको थियो । बंगलादेशी फरवार्ड नोभाले दायाँतर्फबाट दिएको क्रसलाई साजिद हसनले गोलमा परिणत गरे ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका