ताइवानमा फेरि गयो शक्तिशाली भूकम्प

एजेन्सी ।  ताइवानमा आइतबार साँझ गएको शक्तिशाली भूकम्पमा परेर कम्तिमा १ सय ४६ जना घाइते भएका छन्।

ताइवानको दक्षिणपूर्वी क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलव ८ रेक्टर स्केलको भूकम्प गएको रोयटर्सले जनाएको छ।

शनिबार साँझ पनि त्यस क्षेत्रलाई केन्द्रविन्दु बनाएर ६ दशमलब ४ रेक्टर स्केलको भूकम्प गएको थियो। ताइवानको दमकल विभागका अनुसार भूकम्पमा परेर एक जनाको मृत्यु भएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?