तीनवटा अध्यक्ष बनाएपछि मुखै देखाउन नसक्ने अबस्था आयोः एनआरएनए उपाध्यक्ष शर्मा

हिमालय टाइम्स
Read Time = 3 mins

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले पूर्वआधार तयार गरेर संघको नेतृत्व चयनको लागि प्रत्यक्ष मतदान गर्न सकिने बताएका छन् ।

डा. शर्माले नेपाली प्रवासी मञ्च अन्तराष्ट्रिय समितिले आइतवार गरेको एक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै आफु शुरु देखीनै साधारण सदस्यहरुबाटै नेतृत्व चयन हुनु पर्ने पक्षमा रहेको बताए ।

उनले सन् २०२३ मा संघको नेतृत्वको लागि निर्वाचन गर्न नसके संस्थानै विघटन हुने बताए ।

पूर्वाधार र क्षेत्रीय सन्तुलनका आधार तयार गरेपछि प्रत्यक्ष साधारण सदस्यहरुले नेतृत्व चयन गर्ने गरि मतदान गर्न सकिने उनले बताए । तीनवटा अध्यक्ष बनाएपछि मुखै देखाउन नसक्ने अबस्था आएको उनले जनाए । अहिलेकै विधानमा न्यूनत सहमति गरेर अघि बढ्न उनले सबै पक्षलाई आग्रह समेत गरे ।

संघको विधान समितिका संयोजक समेत रहेका डा. शर्माले विधान निमार्ण भन्ने विषय प्राविधिक मात्र भएको भन्दै वर्तमान नेतृत्वलाई सहमतिको खाका प्रस्तुत गर्न आग्रह गरे ।

उनले संघको निर्वाचनमा मतदाता प्रभावित गर्न ठूलो आर्थिक चलखेल भएको बताउँदै चुनावमा लाइनमा बसेका मतदातालाई खाममा पैसाँ राखेर दिने विकृतिको अन्त्य गर्नु पर्नेमा जोड दिए ।

संघको बरिष्ठउपाध्यक्ष समेत रहेका शर्माले संस्थाको सदस्यता लिएकै दिन केन्द्रीय नेतृत्वको लागि मतदान गर्न पाउने व्यवस्था गलत भएको बताए ।

संघका केन्द्रीय उपमहासचिव रामशरण सिमखडाले कार्यपत्र प्रस्तुत गरेको कार्यक्रममा मञ्चका अन्तराष्ट्रिय समितिका अध्यक्ष भक्त गुरुङ लगायत संघका अध्यक्षत्रय कुल आचार्य, रविना थापा र डा. बद्री केसीले आ-आफ्नो भनाईहरु राखेका थिए ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?