संविधान दिवसको अवसरमा बैतडीका एक जनाको बाँकी कैद मिनाहा

सांकेतिक तस्बिर

Read Time = 2 mins

-डम्बर बोहरा
बैतडी । संविधान दिवसको अवसरमा कैद भुक्तान हुन बाँकी रहेका बैतडीका एक जनाको कैद मिनाहा भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले शिवनाथ गाउँपालिका ५ का टेकसिह साउँदको बाँकी कैद सजाय मिनाह गर्नुभएको हो ।

कर्तव्य ज्यान मुद्दामा २० बर्षको कैद सजाय भुक्तान गरिरहेका साउँदको बाँकी कैद मिनाहा भएको जिल्ला कारागार बैतडीका कारागार प्रमुख धारा भण्डारीले जानकारी दिनुभयो । २०६७ चैत २९ गते २० बर्षको कैद फैसला भएकोमा ८ औ संविधना दिवसको अवसरमा उनको बाँकी कैद मिनाहा भएको कारागार प्रमुख भण्डारीले बताउनुभयो । साउँदले साढे ११ बर्ष कैद भुक्तान गरीसकेका छन् ।

असल चालचलन भएका, नकारात्मक सूचीमा नपरेका मुद्धामा संग्लन ब्यक्तिको कैद मिनाहा हुने गरेको छ ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २७६, फौजदारी कसूर (सजाय निर्धारण तथा कार्यान्वयन) ऐन, २०७४ को दफा ३७, फौजदारी कसूर (कैदकट्टा) नियमावली, २०७६ को नियम ३ तथा सर्वोच्च अदालतको आदेशहरूसमेतका आधारमा तोकिएको कैद सजाय भुक्तान गरेका र असल चालचलन भएका ६८१ कैदीलाई सजाय माफी दिनुभएको छ ।

मन्त्रिपरिषद्को भदौ ३१ गते शुक्रबारको बैठकको सिफारिसमा मंगलबारदेखी लागु हुने गरी माफी मिनाहा भएको हो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?