काठमाडौं । एभर ग्रीन वल्र्ड वाईड इन्टरटेन्मेन्टले दशौ वर्ष प्रवेशको गरेको अवसरमा दर्जन बढी विभिन्न व्यक्तित्वलाई सम्मान गरेको छ । संस्थाले ‘राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ तथा विविध सांस्कृतिक कार्यक्रम’ समारोहको आयोजनागरी उक्त सम्मान गरिएको हो । आयोजक संस्थाका अध्यक्ष लोकप्रिय हास्य कलाकार गोपाल ढकाल ‘छन्दे’को सभापतित्वमा सम्पन्न सो समारोहमा प्रमुख अतिथी प्राज्ञ तथा अति विशिष्ट चलचित्रकर्मी नीर शाह रहनुभएको थियो ।
प्रमुख अतिथी शाहले नेपालको मौलिक संस्कृतिको जगेर्ना नेपालीहरूले नै गर्ने हो भन्दै यस प्रकारको सम्मान कार्यक्रमले सम्मानित व्यक्तित्वहरूलाई अझ ऊर्जाशील बनाउने बताउनुभयो । समारोहमा विशिष्ट अतिथि चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी, विकास बोर्डका पूर्वअध्यक्ष दयाराम दाहाल, विशिष्ट नृत्य निर्देशक राजु शाह, निर्माता संघका अध्यक्ष नवल खड्का, सेन्सर बोर्ड सदस्य राजेश महर्जन, नायक धीरेन शाक्य, विशिष्ट चलचित्रकर्मी एवं कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको विशेष उपस्थिति थियो ।
समारोहमा चलचित्र पत्रकार एवं निर्देशक विजयरत्न तुलाधर, चलचित्र संघका उपाध्यक्ष गोपाल काजी कायस्थ, सेन्सर बोर्डका सदस्य निर्माता राजेश महर्जन, द्वन्द्व निर्दशक नानीकाजी डंगोल नागे, अभिनेत्री ममता प्रधान, मेकप आर्टिष्ट उमिशा पाण्डे, चलचित्र निर्देशक एवं सञ्चारकर्मी माधवराज खरेल, अभिनेत्री तेजुला खतिवडा, सञ्चारकर्मी राज लुइँटेल राजेन्द्र, नायक गजित विष्ट, नायक सविन श्रेष्ठ, नायिका अनु शाह, नायक श्रीदेव भट्टराई, समाजसेवी श्रीदेव बिएल, व्यवसायी ओम जैशी, चलचित्र निर्माता एवं नायक रोहित रुम्बालाई सम्मान गरिएको थियो ।
यस्तै कलाकार सुनिल कटुवाल, रामेश्वर बुर्लाकोटी, जीवन थापा, उद्धवराज भट्टराई, शीतल केसीलगायत विभिन्न क्षेत्रका व्यक्तित्वलाई राष्ट्रिय व्यक्तित्व सम्मान २०७९ प्रदान गरिएको थियो ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका