उपन्यास ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तक्रिया

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । साहित्यकार इन्द्रकुमार श्रेष्ठ ‘सरित’ को उपन्यास ‘ऋतु फेरिँदै जान्छ’ माथि अन्तक्रियात्मक कार्यक्रम सम्पन्न भएको छ । कपन क्याम्पसका प्रमुख भूमिदत्त पौडेलको सभापतित्वमा सञ्चालित उक्त कार्यक्रमको प्रमुख अतिथि कुसुम कार्की रहनुभएको थियो भने विशिष्ठ अतिथिका रूपमा धर्मदत्त देवकोटारहनु भएको थियो ।

बुढानीलकण्ठ नगरपालिका कपन-१० कपन बहुमुखी क्याम्पसमा सम्पन्न उक्त कार्यक्रमममा पुस्तकका लेखक सरितले आफ्नो उक्त पुतक के कस्तो परिवेशमा कसरी लेखिएको हो भन्ने बारेमा प्रकाश पार्नुभएको थियो ।

सुधा मैनालीले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा साहित्यकार विधान आचार्य तथा प्रा.डा.गोपेन्द्र पौडेलले पुस्तकमाथि समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । कार्यक्रमको आयोजना पहिचानका लागि महिला आवाज नामक संस्थाले गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?