अब पठाओे सेवा चितवनमा पनि

Read Time = 1 min

काठमाडौं । पठाओले चितवनमा पनि सेवा विस्तार गर्ने भएको छ । काठमाडौं उपत्यकामा मात्र सञ्चालित पठाओको राइड सेयरिङ सेवा छिट्टै चितवनमा पनि विस्तार गर्ने घोषणा गरेको छ । चितवनमा सुरुमा अटो र बाइकमा राइड सेवा सुरु गरिने कम्पनीले जनाएको छ ।

यात्रुलाई सहजता प्रदान गर्नुका साथै रोजगारीको माध्यमसमेत बन्दै गएको यस प्ल्याटफर्ममा युवा आकर्षण रहेकोे पठाओ नेपालकी प्रवक्ता सुरक्षा हमालको भनाइ छ । चितवनमा पठाओमा आबद्ध हुन चाहने राइडरले आफ्नो सवारीको ब्लु बुक र सवारी चालक अनुमतिपत्रसहित भरतपुर कान्तिचोकमा रहेको पठाओको शाखा कार्यालयमा सम्पर्क गर्न सक्ने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?