क्यानका निवर्तमान अध्यक्ष विट्सामा निर्वाचित

Read Time = 2 mins

काठमाडौं । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) का निवर्तमान अध्यक्ष हेमन्तकुमार चौरसिया वल्र्ड इन्फर्मेसन टेक्नोलोजी एण्ड सर्भिसेज एलायन्स (विट्सा) को सन् २०२२-०२४ कार्यकालका लागि बोर्ड अफ डाइरेक्टरमा पुनः निर्वाचित हुनुभएको छ । गत हप्ता सम्पन्न विट्साको वार्षिक साधारणसभामा क्यान महासंघको प्रतिनिधित्व गर्दै चौरसिया उक्त पदमा तेस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको हो ।

द नेशनल टेक एसोसिएसन अफ मलेसिया (पिकोम) का अध्यक्ष डा. सिन सिंहको अध्यक्षतामा निर्वाचित २० सदस्यीय समितिमा पाँच महादेशवाट प्रतिनिधित्व गर्दै मलेसिया, ब्राजिल, स्पेन, वर्मुडा, दक्षिण अफ्रिका, कोस्टारिका, जोर्डन, हङकङ, बहराइन, नाइजेरिया, नेपाल, उत्तरी म्यासेडोनिया, क्यानाडा, अर्जेन्टिना, बंगलादेश, जापान, ताइवान, इजिप्ट, रोमानिया र अर्मेनियाका सूचना तथा सञ्चार प्रविधिसम्बन्धी काम गर्ने संगठित छाता संगठनका प्रतिनिधि निर्वाचित भएको क्यान महासंघका महासचिव नारायण थापाले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?