अन्य सेवा केन्द्रबाट पनि इ-सिम

Read Time = 2 mins

काठमाडौं । नेपाल टेलिकमले हाल दूरसञ्चार कार्यालय सुन्धारास्थित ग्राहक सेवा केन्द्रबाट ग्राहकलाई निःशुल्क इ-सिम वितरण गरिरहेको छ । कम्पनीले पर्याप्तमात्रामा आन्तरिक परीक्षण र प्रयोगबाट सफल भएपछि प्रवद्र्धनात्मक परीक्षणका रूपमा वितरण भइरहेको इ-सिम पर्याप्त मौज्दात रहेको जनाएको छ ।

कम्पनीले मंगलबारदेखि ग्राहक सेवा केन्द्र नक्साल, चाबहिल, ठिमी, भक्तपुर, पाटन, गोंगबु र छाउनी कार्यालयलगायतबाट इ-सिम वितरण गर्ने भएको छ ।
मोबाइल सेटमा इ-सिम इन्स्टल गर्न क्युआर कोडमार्फत् स्क्यान गर्नुपर्छ । क्युआर कोडको सुविधा भएका पछिल्लो पुस्ताका मोबाइल सेटमा मात्र इ-सिम प्रयोग गर्न सकिन्छ । त्यसैले सबैभन्दा पहिले आफ्नो मोबाइल सेटमा इ-सिम चल्ने/नचल्ने यकिन गरेरमात्र इ/सिम लिन पनि कम्पनीले आग्रह गरेको छ ।

क्युआरका लागि आफ्नो मोबाइलबाट स्टार हृयास ०६ हृयास डायल गर्दा इआइडी लेखिएको संकेतसहित नम्बर देखिएमा उक्त सेटमा इ/सिम चल्ने कम्पनीका प्रवक्ता शोभन अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?