दुगडलाई प्रबल जनसेवाश्री

Read Time = 1 min

काठमाडौं । केएल दुगड ग्रुपका प्रबन्ध निर्देशक, समाजसेवी कुमुदकुमार दुगडलाई प्रबल जनसेवाश्री पदकबाट विभूषित गरिने भएको छ । देशको सामाजिक, आर्थिकलगायत मुलुकको समग्र औद्योगिक, व्यावसायिक क्षेत्रको विकासमा पुर्‍याउँदै आउनुभएको योगदानको कदरस्वरूप संविधान दिवसको अवसरमा पदकको घोषणा गरिएको हो ।

दुगडको अग्रसरतामा कृषिलाई व्यावसायीकरण र औद्योगीकरण गर्नेतर्फ कृषकलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुर्‍याउँदै उपभोक्ताको स्वास्थ्य सुरक्षाको हक-हितका साथै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र विस्तार गर्दै आउनुभएको दुगड ग्रुपको भनाइ छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?