एनएमबीको भिसा डाइरेक्ट सेवा

Read Time = 1 min

काठमाडौं । एनएमबी बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानी सरल बनाउन भिसा डाइरेक्ट सेवा सुरु गरेको छ । एनएमबी बैंकको खातामा विश्वका विभिन्न देशबाट अब ‘भिसा डाइरेक्ट’ मार्फत् सोझै रकम पठाउन सकिने र उक्त रकम एनएमबी भिसा डेबिट (बैंक खाता) मा प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

बैंकले भिसा इन्टरनेशनल कम्पनीसँगको सहकार्यमा यस्तो सेवा सुरुवात गरेको हो । बैंकका अनुसार अमेरिका, बेलायत, क्यानडा, युरोप, अष्ट्रेलिया, संयुक्त अरब इमिरेट्स, कतार, साउदी अरबलगायत विश्वका सयभन्दा बढी देशबाट भिसा डाइरेक्ट प्लेटफर्म प्रयोग गरेर पठाएको रकम बैंकका ग्राहकले तुरुन्तै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?