शुक्रबारदेखि दशैं लक्षित स्टक क्लियरेन्स मेला

Read Time = 1 min

काठमाडौं । दशैंको अवसर पारेर शुक्रबारदेखि भृकुटीण्डपमा डिजी पे स्टक क्लियरेन्स मेला ‘ग्राण्ड सेल’ आयोजना हुने भएको छ । दशैंका लागि सस्तो मूल्यमा वस्तु तथा सेवा एकै छानामुनि उपलब्ध गराउने उद्देश्यका साथ इभेन्ट सोलुसन प्रालिले मेला आयोजना गर्न लागेको हो । बजारको तुलनामा दैनिक उपभोग्य सामान सस्तोमा उपलब्ध हुने इभेन्ट सोलुसन प्रालिका प्रबन्ध निर्देशक विजयसागर प्रधानले दाबी गर्नुभएको छ ।

नेपाल, भारत, चीन, बंगलादेश, पाकिस्तान, मलेसिया, जापान तथा अन्य युरोपेली मुलुकमा उत्पादित सामानको बृहत् मेलालाई डिसहोम फाइबर नेटले प्रवद्र्धन गरेको छ । प्रधानका अनुसार मेलामा सामान खरिद गर्ने ग्राहकले डिजी पेमार्फत् भुक्तानी गर्दा ५० प्रतिशतसम्म दशैं विशेष छुट पाउनेछन् । मेलामा कपडा, जुत्ता, हस्तकला, इलेक्ट्रोनिक्स, मोटरसाइकल र होम अप्लाइन्सेजलगायत स्टल रहने आयोजकले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?