आध्यन्तलाई बोर्डद्वारा कारोबार अनुमति

Read Time = 2 mins

काठमाडौं । आध्यन्त फण्ड म्यानेजमेन्टले नेपाल धितोपत्र बोर्डबाट नेपालमा लगानी कोष प्रबन्धकका रूपमा काम गर्ने गरी इजाजतपत्र प्राप्त गरेको छ । सेबोन–विशिष्टीकृत लगानी कोष नियमावली २०७५ अन्तर्गत प्राप्त इजाजतपत्रले कम्पनीलाई नेपालमा लगानी कोष स्थापना, व्यवस्थापन र प्रवद्र्धन गर्न अनुमति प्रदान गरेको हो ।

आध्यन्तले लगानीकर्ताका लागि एउटा वैकल्पिक लगानीको अवसर प्रदान गर्नुका साथै पुँजी र व्यावसायिक साझेदारीको खोजीमा रहेका उच्च वृद्धिको सम्भावना भएका व्यवसाय र नवीन उद्यमलाई पुँजीमा पहुँच प्रदान गर्ने जनाएको छ ।

आध्यन्तका संस्थापक मनोज पौडेलका अनुसार सेबोनले देखाएको नवीनतम तथा रूपान्तरणकारी सोचले निजी पुँजीको परिचालनमार्फत् नेपालको आर्थिक समुन्नतिको सम्भावनालाई बलियो आधार प्रदान गर्नेछ । आध्यन्त नेपाली स्वामित्वको प्राइभेट इक्विटी एवं भेन्चर क्यापिटल कोष सञ्चालक फर्म हो, जसको उद्देश्य उद्यमी र उद्यमका लागि पुँजी परिचालनको नयाँ प्रणालीको सूत्रपात गर्ने कम्पनीको लगानीकर्ता सम्बन्ध र विशेषज्ञ निश्चल सिंह भण्डारीले जानकारी दिनुभएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?