भोलिदेखि नेपाल-भारत जलस्रोतसम्बन्धी बैठक

Read Time = 2 mins

काठमाडौं । नेपाल-भारत जलस्रोतसम्बन्धी सचिवस्तरीय बैठक बुधबारदेखि काठमाडौंमा सुरु हुने भएको छ । ७ गतेसम्म चल्ने बैठकमा पञ्चेश्वर बहुउद्देश्यीय परियोजना, महाकाली नदीको पानीको बाँडफाँट र पूर्वी नेपालको सप्तकोशी उच्च बाँध परियोजनाबारे बृहत् छलफल हुने बताइएको छ ।

पहिलो दुई दिन सह-सचिवस्तरीय प्राविधिक समिति (जेएसटिसी) को बैठक हुनेछ । बैठकमा पञ्चेश्वरका टुंगो लाग्न बाँकी मुद्दा, महाकाली नदीको पानी नेपाली भूमिमा आपूर्ति व्यवस्थापन र सप्तकोशी उच्च बाँध परियोजनाबारे छलफल हुने ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ ।

उक्त समितिले तय गरेका विषयमा शुक्रबार बस्ने सचिवस्तरीय समिति (जेसिडब्लुआर) को नवौं बैठकले अन्तिम निष्कर्षमा पुर्‍याउनेछ । बैठकमा नेपाली समूहको नेतृत्व जलस्रोत सचिव सागर राई र जेएसटिसीको बैठकको नेतृत्व मन्त्रालयका जलस्रोत महाशाखाका प्रमुख सहसचिव शिशिर कोइरालाले गर्नुहुने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?