इन्दिरा, पुनम र दीपाले लिए अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीका तीन सदस्यले अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिएका छन् ।

साफ महिला च्याम्पियनसिपको फाइनलसँगै मिडफिल्डर इन्दिरा राई र दीपा राई तथा रक्षक पुनम जर्घामगरले सन्यास लिएका हुन् । दशरथ रंगशालामा छैटौँ संस्करणको महिला साफ च्याम्पियनसिपको समापनसँगै उनीहरूले सन्यासको घोषणा गरेका हुन् ।

फाइनलमा नेपाल बंगलादेशसँग ३-१ गोलले पराजित भएको थियो ।

पुरस्कार वितरण गरेपछि तीनै खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का अध्यक्ष सदस्यसचिव टंकलाल घिसिङले कोट लगाएर बिदाइ गरेका थिए ।

स्वास्थ्यमा समस्याका कारण पछिल्लो दुई प्रतियोगिता गुमाएकी पुनम जर्घामगर जारी साफमा भने नियमित टिममा स्थान बनाउन सफल भएकी थिइन् । प्रशिक्षक कुमारले २९ वर्षीय पुनमलाई झन्डै एक वर्षपछि राष्ट्रिय टोलीमा कमब्याक गराएका थिए ।

इन्दिरा राई विभागीय क्लब त्रिभुवन आर्मी फुटबल क्लबकी नियमित खेलाडी हुन् । मोरङकी ३१ वर्षकी इन्दिरा डिफेन्सिभ मिडफिल्डर हुन् ।

राष्ट्रिय टोलीकी नियमित सदस्य दीपा पनि त्रिभुवन आर्मी फुटबल क्लबमै आबद्ध छिन् । उदयपुरकी ३३ वर्षकी दीपाले राष्ट्रिय टोलीबाट ३६ खेल खेलिसकेकी छिन् ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?