नयाँ दिल्ली । एकै दिनमा ४ हजार ८५८ नयाँ कोरोना संक्रमित भेटिएसँगै भारतमा कोभिड-१९ को संक्रमितको संख्या ४,४५,३९,०४६ पुगेको छ । यहाँ सक्रिय संक्रमितको संख्या ४८,०२७ पुगेको छ ।
पछिल्लो २४ घन्टामा १८ जनाको मृत्यु भएको छ । योसँगै भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ३३५ पुगेको छ ।
कुल संक्रमितको ० दशमलब ११ प्रतिशत सक्रीय संक्रमित छन् । त्यस्तै राष्ट्रिय कोभिड १९ निको दर ९८ दशमलब ७१ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
दैनिक संक्रमण दर २ दशमलब ७६ प्रतिशत छ भने साप्ताहिक संक्रमण दर १ दशमलब ७८ प्रतिशत छ । एजेन्सी
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच