✍️ भुपेन्द्र थापा (माधव)
कम्युनिष्ट पार्टी २००६ सालमा गठन भएयता नेकपादेखि नेकपासम्मको विभाजन चरम अवसरवाद र ढुलमुले परस्तवाद नै मुख्य कारण हो । यसले नेपाली कम्युनिष्ट आन्दोलन विभिन्न समूहमा विभाजित हुनपुगेको छ । ठक्कर खान्छ पहाडमा, रिस फेर्छ घरको सिलौटासँग झैँ भएको सिंगो कम्युनिष्ट आन्दोलनको इतिहास । ‘चकचके गोरूको चार ठाउँमा डाम ठूलो माछो लड्यो मिलेर खाम’ भने झैँ केही फरक हुन सकेन । सामान्यतया कम्युनिष्ट पार्टी भनेको विपरीतहरूको एकत्वमै हुने गर्दछ । यो विज्ञानसम्मत पनि छ ।
पार्टीलाई जीवन्त राखिराख्नका लागि अन्तरसंघर्ष अनिवार्य हुन्छ । यसले सही कार्यदिशामार्फत समाज अनि सिंगो युगको सापेक्षित गुणात्मकसँगै परिणाममुखी संघर्षको लाइनलाई निर्देशित गर्ने गर्दछ । नेपालका कम्युनिष्ट पार्टीहरूमा रणनीतिक कार्यदिशामा एकरूपता भए तापनि कार्यनीतिक उद्देश्यमा भने ठूलै मत भिन्नताको खाडल देख्न सकिन्छ । खु्रस्चेभी संशोधनवादी कार्यदिशाका कारण सिंगो सोभियत संघ कम्युनिष्ट कार्यादिशाको कारण महा-विवादमा फस्न पुग्यो ।
चीनमा माओको मृत्युपछि देङ्स्यावपिङको सुधारवादी नीतिका कारण लेनिनले स्थापना गरेको पूर्वी युरोपका समाजवादी सक्ताहरू गल्र्यामगुर्लुम ढल्न पुग्यो ।
त्यसको प्रतिफल स्वरूप विश्वभरि नै कम्युनिष्ट आन्दोलन रक्षात्मक स्थितिमा पुग्न बाध्य भयो । विश्वभरि नै कम्युनिष्ट आन्दोलनमा नसोचेको धक्का लाग्दा नेपालमा पनि कम्युनिष्ट आन्दोलनभित्र सैद्धान्तिक र व्यावहारिक कुरामा भन्दा फगत कार्यदिशाको सवालले रुमलिन पुग्यो । नेपालजस्तो पछौटे अर्थनीति वर्ग विभेद, जातिविभेद, क्षेत्रीय विभेद र लैगिक विभेद भएको समाजमा नेतृत्वले ठोस परिस्थितिको ठोस विश्लेषण गर्न नसक्दा त्यसले विभेदपूर्ण समाजभित्र कम्युनिष्ट आन्दोलनको वस्तुगत अवस्था अनुकूल हुन सकेन । अतः सर्वहारा वर्गको अघिनायकत्वसहितको राज्य व्यवस्था कम्युनिष्टहरूको आधारभूत सिद्धान्त मान्ने गरिन्छ । नेपाली कम्युनिष्ट आन्दोलनका विभिन्न कालखण्डमा त्यसका लागि आमशोषित पीडित जनताको तहबाट पहल र सर्घष भने नभएका होइनन् । २००३ सालको विराटनगरको मजदुर आन्दोलनले २००७ सालको प्रजातन्त्र स्थापना भयो । पाल्पा, रौतहट, बारा, सर्लाही, प्युठान, काठमाडौं र कञ्चनपुरलगायत जिल्लामा भएका किसान आन्दोलनले गरेका संघर्ष जाली तमसुक च्यात्ने, चक्रवृद्धि ब्याजविरुद्धको संघर्ष, जसको जोत उसको पोत, मोहियानी हक, जमिनको हदबन्दीलगायत संघर्ष भए भने अर्को सुदूरपश्चिममा भीमदत्त पन्थको नेतृत्वमा जमिनदारसँगै भारतीय हस्तक्षपका विरुद्धसमेत आन्दोलन केन्द्रित भयो ।
२०१७ सालमा राजा महेन्द्रको प्रजातन्त्र अपहणविरुद्धको संघर्ष २०२८ सालमा सामन्तविरुद्ध र किसानमाथिको दमनविरुद्ध आन्दोलन सिर्जना भएको थियो । यसको सुरुवात पञ्चायती व्यवस्थाप्रतिको वैचारिक असहमतिका विरुद्ध यसले सशस्त्र संघर्षको पक्षपोषण गरेको थियो ।
२०१७ सालमा राजा महेन्द्रको प्रजातन्त्र अपहणविरुद्धको संघर्ष २०२८ सालमा सामन्तविरुद्ध र किसानमाथिको दमनविरुद्ध आन्दोलन सिर्जना भएको थियो । यसको सुरुवात पञ्चायती तानासाही व्यवस्थाप्रतिको वैचारिक असहमतिविरुद्ध यसले सशस्त्र संघर्षको पक्षपोषण गरेको थियो । २००७ सालदेखिको राजनीतिक इतिहासमा नेपालका मजदुर, किसान र आमशोषित, पीडित, सर्वहारावर्गले नेपालको कम्युनिष्ट पार्टीहरूको आवहानलाई सहयोग, सर्मथन गर्दै आएका छन् ।
हरेक परिवर्तनका आन्दोलनमा त्यो वर्गको अहम् भूमिका रहँदै आएको छ । २०३६ सालको बहुदल र निर्दलबीचको जनमत संग्रह २०४६ सालको निरंकुश राजतन्त्रात्मक निर्दलीय पञ्चायती व्यवस्थाको विरुद्ध २०१७ सालमा खोसिएको प्रजातन्त्र पुनर्वहाल गर्ने सवालमा नेपाली जनताले संघर्षको आँधीबेहरीमार्फत प्रजातन्त्र ल्याउन सफल भएका थिए । २०५२ साल फागुन १ गतेबाट सुरु भएको तत्कालीन नेकपा माओवादीको नेतृत्वमा सशस्त्र युद्ध सुरुवातदेखि २०६३ मंसिर ५ गतेसम्म भएको १० वर्षे कठिन सशस्त्र संघर्षमा मुक्ति या मुत्युको कसम खाएर व्यवस्था परिर्वतनको संघर्षमा होमिएका थिए ।
त्यसले माओवादी सशस्त्र युद्ध र २०६२/०६३ को जनक्रान्तिको बलबाट नेपालमा २४० वर्षे राजतन्त्रको विधिवत रूपमा अवसान हुन पुग्यो । जसको कारण लोकतान्त्रिक गणतन्त्र संघीयता, धर्मनिरपेक्षता, समानुपातिक र समावेशीसहित नयाँ संविधान जारी भयो । जनताको रगत र पसिनाको बलमा पटक-पटक व्यवस्था त परिवर्तन भयो तर अवस्था भने जहाँको तहीँबाट अगाडि बढ्न नसकेको अनुभूति हुन्छ । असमानता कतै घटेजस्तो लाग्दैन । बेरोजगार युवालाई नेपाली माटोमा रमाउन सकिने व्यवस्था अझै आएजस्तो लाग्दैन ।
हाम्रो बारीमा फलेको फल परदेशीले टपाटप टिप्दा एउटा झटारोसमेत हान्न सकिएको छैन । हाम्रो सिमानाको सीमास्तम्भ छिमेकीले उखेलेर फ्याकिदिँदा खोजेर ल्याउन सकिएजस्तो लाग्दैन । परिवर्तन कहाँ भयो ? कसका लागि भयो ? अनुभूतिमा र व्यवहारमा कहीँ कतै देख्न पाइएको छैन । स्वाधीनता र सर्वभौमसत्ताको थरीथरी मसानघाटको खरानी घसेर नयाँ पुराना अघोरीहरू हातमा कमण्डलु बोकेर सत्ताको भिख माग्न छिमेकीका दैलो-दैलोमा मात्र धाउने गरेको मात्र देखिन्छ ।
लोकतान्त्रिक प्रणालीमा पार्टीहरू पद र पैसामा बिक्री हुन सक्दैनन् । अझ भन्ने हो भने लेनिनवादी संगठनमा त यस्तो कल्पना गर्न सकिँदैन । किनकि यी अन्य दक्षिणपन्थी पार्टीहरूभन्दा नितान्त फरक हुन्छन् र कम्युनिष्ट पार्टी पैसा र पदको लोभभन्दा विचार, सिद्धान्त र आर्दशको बलमा निर्माण हुने गर्दछन् । के नेपलका कम्युनिष्ट पार्टी यो मूल्यमान्यता र आर्दशको जगमा उभिन सकेका छन् । राष्ट्रको नेतृत्व गर्ने नेतृत्वमा पाँच गुणहरू अनिवार्य जरुरी हुन्छ । इमानदारी, निडरपन, आर्दश, वास्तविकता र बौद्धिकता । तर, हामीले हुर्काएको नेतृत्व त्यसको ठीक उल्टो छ । बेइमानी, ढुलमुले, सत्तालिप्त, शंकास्पद, अज्ञानीसँगै भ्रष्टाचारमा लिप्त छ । यसले नेपाली कम्युनिष्ट आन्दोलनको गरिमा गिर्दै गएको छ ।
इतिहासलाई सीमित घेरामा कुँज्याएर हिजोका उपलब्धिलाई भजाएर मिटर ब्याजमात्र खाने राजनीतिक गिरोहले कम्युनिष्ट आन्दोलनको नै बदनाम गरिरहेको छ । कम्युनिष्ट पार्टीभित्र वैचारिक कार्यनीति र संगठनात्मक, अकर्मन्यता तथा तत्कालीन भूराजनीतिप्रति मतभिन्नता, व्यापक व्यवस्थापनमा समस्या, नेतृत्व पद्धति र मोडालिटीमा प्रश्न सुशासन र डेलिभेरीका मुद्दाप्रति बेवास्तालगायत समस्याबाट समग्र कम्युनिष्ट आन्दोलन गुज्रिनु परेको यथार्थ हाम्रो सामु छर्लंग छ । यो सबै नेतृत्वको क्रियाकलापप्रति नयाँ पुस्ता असन्तुष्ट छ ।
नयाँ पुस्ताले नेतृत्वलाई मोनोपोलीका रूपमा बुझेको छ । अब यसलाई नयाँ पुस्ताले जरैबाट उखेलेर फ्याक्न सक्नुपर्दछ । नकचरोको ओखती नै छैन हजारौं मानिसको रगत र पसिनाबाट उपलब्ध भएको यो व्यवस्था अवैधानिक शिशु झैँ भएको छ । नेपालका कम्युनिष्ट पार्टीहरूभित्र मतभिन्नता दार्शनिक वा विचारधारामा भन्दा राजनीतिक कार्यदिशा कार्यनीति र खासखास एजेण्डाको मतभिन्नतामात्र हो । टपरी माझेर चोख्याउनु र यिनीहरू सुध्रिनु एउटै हो । अर्थात् व्यवहारवादी र जडसूत्रीय अवसरवाद कम्युनिष्ट पार्टीको नेतृत्वहरूको साझा चरित्र नै भइसक्यो ।
विश्वदृष्टिकोण र नेपाली समाजमा मुख्य अन्तरविरोधलाई सही तरिकाले बुझ्न र आफू रूपान्तरण हुन नसक्दा माओवादी आन्दोलनको रक्तरञ्जित इतिहासको बलबाट नेपालमा समान्तवादको पर्खाल त भत्कियो तर दक्षिणपन्थी संशोधनवादको नयाँ रूपमा उदय भयो ।
दक्षिणपन्थी संशोधनवादसँग कुम जोडेर उदारवादको हात समाएर वैज्ञानिक समाजवाद वा २१औं शताब्दीको समाजवादको शिखरमा पुग्ने खुराफाती आश्वासनको पर्दाफास हुन जरुरी छ । झुकेको शिर र भत्केको भीरप्रति कसैको आश हुँदैन । ऐतिहासिक झापा विद्रोहबाट अगाडि बढेको माले हुँदै एमाले बन्ने क्रमसँगै वर्ग उत्थानका शृंखला बढ्दै जाँदा विश्वव्यापी दृष्टिकोण र नेपाली समाजमा रूपान्तरण हुन नसक्दा कम्युनिष्ट पार्टीहरू दक्षिणपन्थी संशोधनवादको कुबाटोमा अल्मलिन पुगे । यो ढुलमुले प्रतिक्रियावादमा पतनमात्र भएन कि प्रतिक्रियावादी सञ्चालनको मालिकसमेत हुनपुग्यो ।
दशवर्षे सशस्त्र युद्धको नेतृत्व गरेर आएको तत्कालीन नेकपा (माओवादी) को मुख्य नेतृत्वमा विश्वव्यापी दृष्टिकोण उही माले एमालेको निरन्तरताको भन्दा खासै फरक देख्न सकिएन । मालेमावादको आधारभूत सिद्धान्त र नेपाली सर्वहारा वर्गको मुक्तिको मूल्य मान्यतालाई दह्रोसँग पक्रिनेभन्दा नवसंशोधनवादको उही मूलबाटो हुँदै विजातीय दक्षिणपन्थी संशोधनवादको तत्वमा विलय हुन पुग्दा घोर प्रतिक्रियावादीको खेल्ने खेलौंना झैँ हुन पुगेको जस्तो देखा पर्न गयो । यसले नेपाली क्रान्ति र आमसर्वहारा वर्गप्रति पुनः गद्धारी हुनपुग्यो ।
विश्वदृष्टिकोण, नेपाली समाजमा मुख्य अन्तरविरोधलाई सही तरिकाले बुभ्mन र आपूm रूपान्तरण हुन नसक्दा माओवादी आन्दोलनको रक्तरञ्जित इतिहासको बलबाट नेपालमा समान्तवादको पर्खाल त भत्कियो तर दक्षिणपन्थी संशोधनवादको नयाँ रूपमा उदय भयो । यो ऐतिहासिक उपलब्धिलाई मास्न अनेकौं नामधारी दक्षिणपन्थी र याथास्थितीवादी शक्तिहरू कम्मर कसेर लागेका छन् । यसको रक्षा गर्न मुख्य कम्युनिष्ट पार्टी र समाजवादी शक्तिहरू एकै ठाउँमा उभिन जरुरी हुन्छ । विभाजित तत्कालीन नेकपाका बहुमत सचिवालय सदस्यले समाजवादी केन्द्र निमार्णको कसरत गरिरहेका छन् । यो स्वागतयोग्य छ ।
जनताले लडेर ल्याएको यो व्यवस्था जोगाउन नसके नेपाली कम्युनिष्ट आन्दोलनको झाल झैँ काटिने निश्चित छ । झाल रहेमात्र चिचिला लाग्छन् । अन्यथा आउने परिणामको सामना गर्ने हैसियत मासिएर जानेछ । समाजवादी केन्द्रको छायाँमा सिंगो कम्युनिष्ट आन्दोलनको मर्म र भावना जीवित रहने गरी समाजवादी केन्द्र निमार्णको शुभकामना छ । आजको नेपाली समाज चेतनाले सुसज्जित भएको छ । ढाट, छल, कपट धुवाँको पर्दा झैँ हुनेछ । चेतना होस् ।
युवा जनशक्ति निर्यात गर्ने देश
बिक्रीमा विद्यावारिधि ?
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच
हिमालय टाइम्स र नियमित लेखनका