सुनचाँदीको मूल्य बढ्यो

Read Time = 1 min

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला ९१ हजार चार सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार तोलामा चार सयले बढेर ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला ९१ हजार तीन सय सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य पनि बढेको छ । मंगलबार चाँदी तोलामा पाँच रुपैयाँले बढेर प्रतितोला ११ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?