सान्जेन जलविद्युतको आइपीओमा आवेदन दिने अन्तिम दिन आज

Read Time = 2 mins

काठमाडौ । सान्जेन जलविद्युत कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि भदौ ५ गतेबाट आइपीओ जारी गरेको थियो । यस आइपीओमा आवेदन दिने अन्तिम दिन असोज ४ गते रहेको छ । निर्धारित अवधिमा सबै सेयर विक्री नभएका कारण असोज ४ गतेसम्म समय थपिएको हो । कम्पनीले स्थानीयलाई ३६ करोड ५० लाख बराबरको ३६ लाख ५० हजार कित्ता सेयर निष्कासन गरेको हो ।

कम्पनीले रसुवा जिल्लाको आयोजना प्रभावित क्षेत्र अति प्रभावित आमाछोदीडमो गाउँपालिका वडा नं-५ चिलिमे, साविक चिलिमे गा.वि.स., प्रभावित वर्ग आयोजनाले निर्माण गर्ने प्रशारण लाइनबाट प्रभावित हुने आमाछादिडमो गाउँपालिका वडा नं-४ गोल्जुङ, सामान्य प्रमावित आमाछोदिङमो गाउँपालिकाका अन्य वडाहरु १,२,३ तथा न्यून प्रभावित बाँकी सम्पूर्ण जिल्लाबासीहरुलाई निष्कासन गर्न लागेको हो ।

स्थानीयले प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ७ सय कित्तासम्म आवेदन दिन सक्नेछन् । यस आइपीओको लागि बिक्री प्रबन्धकको कार्यनागरिक लगानी कोषले गर्नेछ भने सह बिक्री प्रबन्धकमा सनराइज र एनएमबी क्यापिटललाई नियुक्त गरिएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?