समानुपातिकको बन्दसूची बुझाएपछि प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुट्यो गठबन्धन

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । आसन्न निर्वाचनका लागि समानुपातिकको बन्दसूची बुझाएपछि सत्तारुढ गठबन्धन पहिलो निर्वाचित हुने निर्वाचन प्रणाली (प्रत्यक्ष)तर्फको सिट बाँडफाँटमा जुटेको छ ।

आउँदो ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची सोमबार निर्वाचनमा आयोगमा बुझाएका गठबन्धन आवद्ध दलहरु मंगलबार प्रत्यक्षतर्फको सिट बाँडफाँटमा जुटेको हो ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा कार्यदलका सदस्यसहित शीर्षनेताहरुको प्रत्यक्षतर्फको सिटको भागबण्डा मिलाउन बैठक बसिरहेको हो ।

आसन्न निर्वाचनमा तालमेल गरेर जाने बताएका दलहरुबीच सिट बाँडफाँटमा सहमति जुट्न सकेको छैन । सिट बाँडफाँटका लागि गठबन्धनले कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?